• २०८१ बैशाख १२ बुधबार

बुटवल पाल्पा सडक पहिरोको चपेटामा, वैकल्पिक सडक प्रयोग गर्न प्रहरीको आग्रह

kharibot

काठमाडौं । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा सडकखण्ड पहिरोको चपेटामा परेको छ  । वुटवल पाल्पा सडकखण्डको सिद्धवावामा पहिरो गइरहेकाले सकभर बैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ ।

लगातारजसो खसिरहेको र जुनसुकै बेला ठुलो पहिरो जानसक्ने भएकाले यो सडकखण्डको यात्रा अन्त्यन्तै जोखिमपुर्ण रहेकाले अत्यावश्यक काम नपरी नहिड्न र बैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको रुपन्देहीका प्रहरी उपरिक्षक श्याम ज्ञवालीले जानकारी दिएका छन् ।

शनिबार दसैंको टिकाको दिनदेखि बन्द रहेको सडक हिजो दिउँसोदेखि एकतर्फी खुलेको थियो । तर राती फेरी ठुलो पहिरो झरेकोले विहानसम्म सडक बन्द थियो ।

रातभरी र विहान ५ वटा डोजर लगाएर बाटो अहिले एकतर्फी खुलाएपनि फेरी अर्को पहिरोको जोखिम रहेकोले सडक जुनसुकै बेला पनि बन्द हुनसक्ने प्रहरी उपरिक्षक ज्ञवालीले जानकारी दिए ।

ठूला ठूला ढुंगा झर्ने भएकाले दुइतर्फी बाटो कहिले खुल्छ भन्ने पनि अनिश्चित बनेको पनि उहाँले जानकारी दिनुभयो । बर्खामामा हिलेपहिरो र हिउँदमा धुलेपहिरोको कारण पाल्पा बुटवल सडकखण्डको सिद्धबाबामा बर्षेनी धेरै जनाको ज्यान जाने गरेको छ । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै