• २०८१ बैशाख ७ शुक्रबार

साउदी अरेबियाको विश्वविद्यालयले महिलाका लागि सवारी चालनसम्बन्धी स्कुल खोल्ने

kharibot

रियाद  । साउदी अरेबियाको एक विश्वविद्यालयले महिला सवारी चालकका लागि सवारी चालनसम्बन्धी स्कुल ‘ड्राइभिङ स्कुल’ खोल्ने जनाएको छ । 

साउदी अरेबियाको सरकारले महिलालाई सवारी चालन अनुमति पत्र दिँदैनथ्यो । तर हालसालै सो सम्बन्धी अनुमति दिइएको छ । 

सरकारले दिएको सो अनुमतिपछि यहाँको प्रिन्सेस नउराह विश्वविद्यालयले उक्त स्कुल खोल्न लागेको जानकारी आइतबार दिएको समाचारमा जनाइएको छ । 

उक्त विश्वविद्यालय महिलालाई अध्यापन गराउने विश्वविद्यालय हो । महिलालाई सवारी चालनसम्बन्धी अध्ययन र अभ्यास गराउन सो स्कुल खोल्ने जानकरी गराइएको हो । 

गत मङ्गलबार मात्र साउदी अरेबियाका राजाले महिलाले पनि सवारी चलाउन पाउने अनुमति दिइएको घोषणा गर्नुभएको थियो । उक्त घोषणाको कार्यान्वयन आगामी जुन महिनादेखि मात्र हुनेछ । 

साउदी अरेबियामात्र संसारको यस्तो देश थियो जहाँ महिलालाई सवारी चलाउने अनुमति थिएन । तर यो पछिल्लो निर्णयको महिलाले स्वागत गरेका छन् । 

विश्वका कार उत्पादक कम्पनीहरुले पनि सरकारको यो निर्णयको स्वागत गर्दै साउदी अरेबियाको सडकमा दशौँलाख महिलाले सवारी चलाउन पाउने अवसरका लागि साउदी महिलालाई बधाई पनि ज्ञापन गरेका छन् । 
––– 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै