• २०८१ बैशाख १२ बुधबार

राष्ट्रपतिद्वारा ४५६ कैदीको सजाय माफी

kharibot

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैं २०७४ को उपलक्ष्यमा ४५६ कैदीको भुक्तान हुन बाँकी कैदको सजाय माफी दिनुभएको छ । 

मन्त्रिपरिषद्को सिफारिसका आधारमा उहाँले उनीहरुको भुक्तान हुन बाँकी कैदको सजाय माफी दिनुभएको हो । 

राष्ट्रपति भण्डारीले कारागार नियमावली, २०२० को नियम २९ को उपनियम (१) र (२ क), कारागार व्यवस्थापन कार्यविधि, २०७३ एवं सजाय माफी, मुल्तवी, परिवर्तन वा कम गर्ने सम्बन्धी कार्यविधि, २०७१ बमोजिम असल चालचलन भई कैदको सजाय छोट्याउन योग्य देखिएका उनीहरूको भुक्तान हुन बाँकी कैदको सजाय नेपालको संविधानको धारा २७६ बमोजिम माफी दिनुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै