• २०८१ बैशाख ६ बिहीबार

जापानी प्रधानमन्त्रीद्वारा संसद बिघटन, अक्टोबर २२ मा आमनिर्वाचन आह्वान

kharibot

टोकियो ।  जापानी प्रधानमन्त्रीले यहाँको राजनीतिक प्रणालीबमोजिम शक्तिशाली मानिएको संसदको तल्लो सदन बिघटन गर्नुभएको समाचार छ । 

उहाँले यहाँको प्रतिनिधि सभा बिघटन गरेर आमनिर्वाचनको अर्काे मिति पनि तोक्नुभएको छ । प्राप्त जानकारी अनुसार जापानको अर्काे निर्वाचन आगामी अक्टोबरको २२ तारिखका लागि आह्वान गरिएको छ । 

उहाँले बिहीबारै साँझ आह्वान गरिएको संसद बैठकलगत्तै उक्त सदन बिघटन गर्नुभएको हो । उहाँले संसद बिघटन गर्नसक्ने चर्चा यसअघि नै चलिरहेको थियो । 

बिहीबारको सो बैठकमा सभामुखले संसद बिघटनको सूचनाको बारेमा पनि पढेर सुनाउने कार्यक्रम रहेको थियो । तर सो सभाको बैठक विपक्षी दलहरुले भने बहिस्कार गरेका थिए । 

जापानी प्रतिपक्षीहरुले प्रधानमन्त्रीको सो कदमको बिरोध गरिरहेका छन् । उनीहरुले समय पुग्नुअगावै प्रधानमन्त्रीले संसद बिघटन गर्नुपर्नाको कारण पनि माग गरेका छन् । 

संसद बिघटनको बारेमा प्रधानमन्त्रीले विपक्षीलाई थाहा नदिएको तथा आवश्यक मात्रामा परामर्श पनि नगरेको आरोप विपक्षीहरुको छ । 

उनीहरुले प्रधानमन्त्रीले संसद बिघटन अघि कुनै नीतिगत जानकारीको बारेमा संसदलाई सम्बोधन नगरेको, संसदीय बहस सञ्चालन नगरेको तथा आवश्यक कुनै परामर्शका साथै पत्रकार सम्मेलन पनि आयोजना नगरेको भनी आलोचना गरेका छन् । 

विपक्षीहरुले आवश्यक मात्रामा विपक्षी राजनीतिक दलहरुले पनि निर्वाचको तयारीका लागि समय पनि नरहेको र यसका लागि प्रधानमन्त्रीले पहल नगरेको आरोप प्रधानमन्त्रीमाथि लगाएका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै