दशैलाई कसरी मनाउने 

खरीबोट

तस्बिर : रासस

काठमाडौँ । नेपालमा दशैको लहर चलेको छ । दशैलाई राष्ट्रिय चाड मानिन्छ । यसलाई नेपालमा दुई तरिकाले हेर्ने गरेको पाइन्छ । एउटा धार्मीक दृष्टिकोण र अर्को प्रगतिशिल दृष्टिकोण नेपालमा यसको प्रमुख मान्यता धार्मिक नै छ । अहिलेसम्म धार्मिक पक्ष लाई नै महत्व दिइदै आइएको छ  । यसलाई त्यहि रुपमा मनाउदै आइरहेका छौ ।  यसलाई हामी माक्र्सवादीहरुले फरक रुपमा बुझ्न आवश्यक छ ।

यसलाई पुरानै तरिकाले निरन्तरता दिने कि यसमा भएका सकारात्मक पक्षहरुलाई आत्मसाथ गरेर जाने भन्नेमा हामीहरु प्रष्ट हुनु पर्छ । जनमतका आधारमा भन्ने हो भने अहिले नेपालमा करिब करिब ६४ प्रतिशत कम्युनिष्टहरुको जनमत रहेको छ । यो जनमत भनेको छ अहिले सम्म चल्दै आएको रुढीवादी,धार्मिक परम्परा भन्दा फरक हुन खोज्नेहरुको जनमत हो ।

यसमा धेरै कुराहरु मिथक छन् । यसमा देवि देउताहरुलाई सबै कुरा पुरा गर्ने रुपमा लिइएको छ । जुन पुरा अन्धविश्वास हो । अझ यसलाई यसरी पनि भन्न सकिन्छ कि राज्य संचालनको एउटा विधि नै देविदेउतालाई देखाएर शासकले शासन गर्ने बाटो बनाएका हुन । 

लेखक : अनिता गिरी 

यसको धार्मिक,सांस्कृतिक र प्राकृतिक रुपमा गहिरो गरी व्याख्या हुन अहिलेपनि आवश्यक छ । यसको निरन्तरता नै हो अथवा यसमा केहि परिवर्तन आउनु पर्छ ? अहिले होइन यसमा बहस भने पहिला देखिन भएको केहि पुस्तकको अध्ययन गर्दा देखिन्छ । अझ माक्र्सवादी पक्षका लेखकहरुले यसमा फरक धारणाहरु  राखेका छन् । यसमा परिवर्तनको आवश्यकता महसुस गरेका छन् । तर पनि ६४ प्रतिशत जनमत भएका कम्युनिष्टहरुले दशैलाई किन नयाँ तरिकाले मनाउन सकेनन । अथवा यसको वास्तविकता जनतामा पुगाउन सकेनन । खोजीको र चासोको विषय यो पनि छ । 

अब यहाँ कुरा दशैको पक्ष विपक्षमा मात्र होइन हामी समाजवादीहरुको अबको सांस्कृतिक यात्रा कता हो ? सामन्तवादको नाइके राजतन्त्रको विदाइ भएको पनि एक दशक भयो । अब यो देशमा सामन्तवादको नायक छैन । तरपनि सामन्तवादले स्थापना गरेका धेरै मूल्यमान्यताका बाहक बनेका छौ । किन हामी यसमा परिवर्तन ल्याउन चाहदैनौ ? हो बर्षायाम सकिएर शरद ऋतु सुरु हुन्छ । नयाँ ऋतुको आगमनसंगै नयाँ अन्नबाली भित्रयाउने समय हुन्छ । यसलाई हामीले धार्मिक रुपमा भन्दा पनि प्राकृतिक र खाद्यान्नसंग जोडेर किन हेर्न सकेका छैनौ ।  किन अहिलेपनि मर्यादापुरुष रामको विजयसंग जोडेर हेरिन्छ । किन अहिलेपनि महिषासुर राक्षस देवि भगवतिको हातबाट मारिएको भनि हामी निरन्तरता दिइरहेका छौ । 

अहिलेपनि दशैमा जनवारहरुको बलि दिएर देवि देउता खुशि बनाउने चलन छ । यो चलन धार्मिक र सांस्कृतिक रुपमा एकदमै रुढीवादी छ । यदि यो एक्काइसौ शाताब्दीमा पनि ढुङगाका मुर्ति अगाढि जनावरको बलि दिएर शक्ति आर्जन हुन्छ भनेर हामी चल्ने हो भने के साच्चै हामी कम्युनिष्ट हुन सक्छौ । कम्युनिष्ट हुनु भनेको सबै कुराको विरोध गर्नु पर्छ भन्न खोजेको होइन । तर पनि हामीले चलाएका चलन चल्तीहरु कति वैज्ञानीक छन् कति समाजलाई प्रगतिको बाटोमा डो¥याउने खालका छन् यसको मूल्याङकन गर्न सक्नु पर्छ । 

हो हिलो धुलो काम सकेर ऋतु परिवर्तन भएको समय हो । नयाँ अन्न पाक्ने समय हो । यसलाई आराम गर्ने पर्वको रुपमा पनि लिएका हुनसक्छन् । किसानहरुकालागि मौसमका हिसाबले राम्रो मौसम हो । यहि मौसममा चाडबाडको रुपमा दशै मान्न थालेका हुनसक्छन् । अहिलेपनि यो चाडलाई यहि रुपमा मनाउन सकियो भने सबै नेपालीलाई अपनत्व हुन्छ ।

तर यहाँ त यो चाडलाई केवल हिन्दुहरुको चाडको रुपमा मनाइन्छ । देश धर्म निरपेक्ष हुने । हाम्रा नेताहरु यहि कुरालाई धेरै ठूलो उपलब्धीको रुपमा प्रचार गर्ने तर दशै आउदा नेपालीहरुको चाड होइन हिन्दुहरुको चाँड भन्दै पुन तीन नेताहरु शुभकामना आदन प्रदान गर्नमा व्यस्त देखिन्छन् । यो विचार एक र व्यवहार अर्को हो । यसलाई विचार अनुसारको व्यवहार अनुसार लैजानु पर्छ । 

दशैका सबै पक्ष नराम्रा छन् भन्न सकिदैन । केहि नभएपनि बर्षमा एक पटक सबैको जमघट हुन्छ । यसले भावनात्मक एकता । सामाजिक र पारिवारिक सम्बन्धमा एकता ल्याउछ । समबन्धहरुमा नयाँ आयाम थपिन्छ । पुराना पिढीहरुका अनुभवहरु धारणाहरुले नयाँ पिढीलाई शिक्षित बनाउने काम गर्छ । 

सामथ्र्य देखाउने माध्यम बनेको दशै 

सुन्छौ हामी भन्दा पहिलाको पुस्ताले बुबा,आमा बाजे बज्यैको पुस्ताले नयाँ लुगा लगाउन,मासु खान दशै कुर्नु पथ्र्यो । त्यहि भएरपनि दशैको महत्व छ । नयाँ लुगा बर्षमा एक पटक भएपनि मासु भात खान  पाइन । मिठो मसिनो खान पाइने भएर । तर अहिले त यो दशै उल्टो भएर आए जस्तो पनि लाग्छ । समय फेरिएको छ । समय फेरिएसंगै मान्छेका विचार बानि व्यहोरा फेरीएका छन् । हिजो गरीबहरुकालािग केहि खुशि लिएर आउने दशै आज दशा बनएर आउने गरेका कयौ उदाहरणहरु देखिन्छन् । 

दशै कसैकोलागिपनि दशा नबन्ने अबस्थामा मनाउने वातावरण बन्नु पर्छ । धनी र गरीबबिचको जुन खाडल त त्यहि अनुपातमा दशैलेपनि प्रतिनिधित्व गर्न थालेको छ । यसले समाजलाई जोड्छ कि तोड्छ ? मलाई लाग्छ यसले समाजलाई वर्गीय विभेदको खाडलमा हाल्छ । 

गच्छे अनुसारको बनाउनु पर्छ

छिमेकीले दशैका मार्न किनेको खसि भन्दा आफ्नो खसि कुनै पनि हालतमा सानो हुनुहुदैन भन्ने मानसिकता छ । यो भनेको फजुल खर्चको मानसिकता हो । खाने भनेको त परिवार संख्या हेरेर हो । तर हामीहरु यो सोचमा छैनौ । धाकको मानसिकता छ । समाजमा मानिएका गनिएका मानिसहरु झन अगाडि देखिन्छन् यस्तो काममा । हुन् पर्ने समाजका अगुहरुले समाजमा आउने भित्रिने बिकृति बिसंगतिलाई रोक्नु हो । अझै पढेलेखेका युवाहरु र अझ आफुलाई कम्युनिष्ट भन्नेहरु पनि फजुल खर्च र दशै तामझामका साथ मनाउन थालेका छन् । हामीले कुन संस्कृति र संस्कार सिकाउदै छौ भन्ने हेक्का सम्म राख्दैनन । अझ कसैले सोधि हाल्यो भने समाज अनुसार चल्नै प¥यो भन्छन् । समाज अनुसार चल्ने नेतृत्वले कसरी समाजको देशको नेतृत्व गर्न सक्छ ? कसरी समाजअनुसार चल्ने नाममा रुढीवादी र धार्मिक मूल्यमान्यताको बाहक बन्ने नेता कम्युनिष्ट हुनसक्छ । कसरी प्रगतिशिल हुन सक्छ । 

प्रगतिशिल भनेको नराम्रोको विरुद्ध नयाँ स्थापित गर्नु होइन र ? हो भने दैविक शक्तिले समाजपरिवर्तन हुन्छ र समृद्धि हुन्छ भनेर मान्छौ भने हामी कुन दर्शन र कुन विचारका अनुयायी हौ भन्ने कुरा प्रष्ट हुन्छ । 

मुखले सर्वहार,किसान,गरीब र मजदुरका कुरा गर्ने व्यवहार पूँजीपतिका जस्तो गर्दा समाजले हामीबाट के सिक्छ । के सिकाउदै छौ । दशैको नाममा भइरहृका विकृति विसंगतिका हामी बाहक बनिरहदा सम्म कसरी प्रगतिशिल र कम्युनिष्ट हुन्छौ । 

समाजमा दशैको नाममा जुवा तास,विकृति विसंगति चलिरहले हामी मुकदर्शक बन्ने अनि समाज कसरी परिवर्तन हुन्छ । समाजलाई त गलत बाटोमा हिड्नबाट रोक्नु पर्छ । 
समाजमा चाडबाडमा नहुनेहरुको लागि अभिसाप बनिरहेको छ । यसमा ध्यान जानु पर्छ । नहुनेले आफुलाई समाजमा कमजोर असाय सम्झन्छ । हुने खानेहरुको धाक धम्कीको अगाडि निरही देखिन्छन् । चाडबाडमा फुर्ति देखाउने प्रवृतिले एकता होइन विभाजन नै ल्याउछ । यस्तो कुरा नगर्न हामीले झन सचेतना फैलाउन आवश्यक छ । 

कम्युनिष्टहरुले शुभकामना आदान प्रदानको नाममा ठूल ठूला पार्टी प्यालेसमा गर्ने कार्यक्रमले कसलाई फाइदा भइरहेको छ । त्यहि पूँजीपति व्यापारीलाई । हुनु पर्ने हामी कम्युनिष्टहरुले गरेका सम्पूर्ण कार्यक्रम गरीब,किसान मजदुरको पक्षमा हो । तर यी ठूलठूला प्यार्टी प्यालेसमा हुने श्भकामना आदान प्रदानमा ती मजदुर किसान र गरीब आउछन् । आउदैनन भने हामीले दिएको शुभकामना कसलाई हो यतिको फजुल खर्च गरेर । 

त्यसैले सकिन्छ भने यस्ता चाडबाडहरुलाई हामीले कम खर्चिला,कम विकृति विसंगति युक्त,सदभाव ,एकता भातृत्वको चाडको रुपमा मनाउनु पर्छ । नकि औकात आक्ने रुपमा । 
अझ हामी कम्युनिटहरुले त यस्तो विदालाई सदुपयोग गरेर राजनैतिक र वैचारीक प्रशिक्षण चलाउन सक्दा झन राम्रो हुन्थ्यो । पार्टीका निति तथा कार्यक्रम देशभरी सप्रेक्षण हुने गरी बहस छलफल गर्नु पर्छ । दशै सबैलाई भातृको चाड बनाउनुपर्छ । समृद्धिको चाड बनाउनु पर्छ । समानताको चाड बनाउनुपर्छ यहि शुभकामना छ दशैको । 

(लेखक अनेरास्ववीयुको विदेश विभाग सचिव हुन् ।)


 

सम्बन्धित समाचार

दशैँ तिहार बिदामा रानीमहलमा पर्यटकको चहलपहल बढ्यो

पाल्पा ।  तानसेन नगरपालिका–१३, बौघागुम्बास्थित रानीमहलमा पर्यटकको चहलपहल बढेको छ ।  रानीमहल दरबारसम्म सवारी आवागमन सहज भएपछि पर्यटकको चहलपहल बढेको हो । रानीमहल तानसेनदेखि १३ किलोमिटर उत्तर कालीगण्डकी नदी किनारस्थित चट्टानमा रहेको छ

दशैँ मनाउन गएका डाक्टर नआएपछि अस्पताल डाक्टरविहीन

गाईघाट, उदयपुर ।  दशैँ मनाउन एक हप्ता अगाडि नै घर हिँडेका उदयपुर जिल्ला अस्पतालका डाक्टर अन्य सरुवा मिलाएर गएपछि अहिले जिल्ला अस्पताल उदयपुर डाक्टरविहीन बन्न पुगेको छ ।  अस्पतालमा डाक्टर नभएपछि अधिकांश बिरामीलाई

दशैँपछि ४ लाख १२ हजार यात्रु काठमाडौं फर्किए

काठमाडौँ / यस वर्षको बडादशैँमा घर गएर फर्कने यात्रुको संख्यामा वृद्धि भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाकाअनुसार असोज १४ गते विजयादशमीदेखि असोज १९ गते कोजाग्रत पूर्णीमासम्म चार लाख १२ हजार

आज कोजाग्रत पूर्णिमा, देवी महालक्ष्मीको पूजा आरधना गरी मनाइदै 

काठमाडौँ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आरधना गरी रातभर जाग्राम बसेर मनाइँदैछ ।  आश्विन शुक्ल प्रतिपदाका दिनबाट शुरु भएको दुर्गा पक्ष अर्थात्