• २०८१ बैशाख ७ शुक्रबार

डा. गोबिन्द केसीको अनशन स्थगित

kharibot

काठमाडौँ ।  त्रिवि शिक्षण अस्पताल महारजगन्जका वरिष्ठ डा. गोविन्द केसीले आफ्नो १२औं अनसन स्थगित गरेका छन् ।

पाँच बुँदे माग राखिएको सत्याग्रह कार्यक्रम सुरू भएको केही घण्टामा चिकित्सा शिक्षा ऐन पारित नगरी संसद स्थगित भएको र दशैं आएकाले हाललाई अनसन स्थगित गरेको डा. केसीले घोषणा गरेका हुन् । डा केसीले आफना माग पूरा गराउन फेरि असोज १९ गतेबाट सत्याग्रह कार्यक्रम शुरू गर्ने जानकारी दिदै अनशन स्थगितको जानकारी दिएका छन्।

संसदमा विचाराधिन चिकित्सा शिक्षा विधेयक तोडमोड गरेर जनतामुखी र विद्यार्थीमुखी नभई माफियामुखी ऐन जारी गर्ने अन्तिम प्रयास भइरहेको पुष्टी भएको भन्दै डा. केसी असोज ९ गतेदेखि १२औं अनसन बसेका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै