डा. गोबिन्द केसीको अनशन स्थगित

खरीबोट

काठमाडौँ ।  त्रिवि शिक्षण अस्पताल महारजगन्जका वरिष्ठ डा. गोविन्द केसीले आफ्नो १२औं अनसन स्थगित गरेका छन् ।

पाँच बुँदे माग राखिएको सत्याग्रह कार्यक्रम सुरू भएको केही घण्टामा चिकित्सा शिक्षा ऐन पारित नगरी संसद स्थगित भएको र दशैं आएकाले हाललाई अनसन स्थगित गरेको डा. केसीले घोषणा गरेका हुन् । डा केसीले आफना माग पूरा गराउन फेरि असोज १९ गतेबाट सत्याग्रह कार्यक्रम शुरू गर्ने जानकारी दिदै अनशन स्थगितको जानकारी दिएका छन्।

संसदमा विचाराधिन चिकित्सा शिक्षा विधेयक तोडमोड गरेर जनतामुखी र विद्यार्थीमुखी नभई माफियामुखी ऐन जारी गर्ने अन्तिम प्रयास भइरहेको पुष्टी भएको भन्दै डा. केसी असोज ९ गतेदेखि १२औं अनसन बसेका थिए ।
 

सम्बन्धित समाचार

सरकारसँगको १० बुँदे सहमतिपछि डा.गोबिन्द केसीले अनशन तोडे  

काठमाडौँ । सरकारले चिकित्सा शिक्षा विधेयक सरकारले अध्यादेशबाट ल्याउने भएपछि चौधौ दिन डा. गोविन्द केसीले अनशन तोडेका छन् । सरकार र डा. गोविन्द केसीबीच १० बुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको छ।  बुधबार बिहान

सभामुखलाई सक्रिय भूमिका खेल्न डा.केसीको आग्रह

काठमाडौँ  ।  अनशनरत प्रा डा गोविन्द केसीले संसद् प्रमुखको हैसियतले सभामुखलाई चिकित्सा शिक्षा विधेयक पारित गराउन सक्रिय भूमिका खेल्न आग्रह गरेका छन् ।  प्रा डा केसीले आज पत्रकार सम्मेलन गरी सभामुखलाई संसद्को बाँकी

न्यायालयमा न्याय हरायो : डा गोबिन्द केसी

काठमाडौँ ।  प्रा डा गोविन्द केसीले न्यायपालिकामा न्याय हराएको बताएका छन्  ।  सात दिनदेखि चिकित्सा शिक्षा र चिकित्सा क्षेत्रमा सुधारको माग राखी शिक्षण अस्पताल, महाराजगञ्जमा १३औँ पटकको आमरण अनशन बसिरहनुभएका केसीले न्यायपालिकाको मर्यादाका लागि

खड्कालाई पुनर्बहाली गर्ने सर्वोच्चको आदेशको डा. केसीद्वारा विरोध

काठमाडौँ । स्वास्थ्य शिक्षा सुधारको माग राखेर अनसनरत डा. गोबिन्द केसीले सर्वोच्च अदालतले नेपाल आयल निगमका कार्यकारी निर्देशकलाई पुनर्बहाली गर्ने आदेशको विरोध गरेका छन् । आज एक विज्ञप्ति जारी गर्दै सरकारले