• २०८१ बैशाख १४ शुक्रबार

वीरगन्ज महानगरपालिकामा फोरमका सरावगीको अग्रता कायमै      

kharibot

वीरगन्ज । वीरगञ्ज महानगरपालिकाको मतगणनाको पछिल्लो विवरण अनुसार संघीय समाजवादी फोरमका विजय सरावगीले आफ्नो अग्रता बढाउदै लागेका छन् । फोरमका सरवगीले कांग्रेसका अजय द्विवेदीलाई १२४५ मतले पछाडी पारेका छन् ।

पछिल्लो परिणाम अनुसार फोरमका विजयी सरावगीले १६८४१ मत ल्याएका छन् भने कांग्रेसका अजयकुमार द्विवेदीले १५५४० मत ल्याएका छन् ।  त्यस्तै राजपाका मेयर पदका उम्मेदवार राजेशमान सिंहले १००८५ मत ल्याएर पछाडी परेका छन् ।

त्यस्तै माओवादीका उम्मेदवार रह्बर अन्सारीले ७६२१ मत ल्याएका छन् भने एमालेका उम्मेदवार बशरुद्दीन अन्सारीले ७६१३ मत ल्याएका छन् । त्यस्तै लोकतान्त्रिक फोरमका मेयर उम्मेदवार तथा पुर्वमेयर बिमल श्रीवास्तवले ७१०१ मत ल्याएका छन् ।

त्यस्तै उपमेयरमा भने कांग्रेसकी उम्मेदवार शान्ति कार्कीले १७९०५ मत ल्याएर अगाडी रहेकी छन् भने संघीय समाजवादी फोरमकी पिंकी यादवले १५९७६ मत ल्याएकी छन् । 

त्यस्तै एमालेकी सोफिया आचार्यले ९०८० मत ल्याएकी छन् भने राजपाकी उम्मेदवार रम्भा मिश्राले ८६९१ मत ल्याएकी छन् । त्यस्तै फोरम लोकतान्त्रिककी उम्मेदवार अनिता देवी यादवले ४१२४ मत ल्याएकी छन् भने माओवादी केन्द्रकी दुर्गा क्षेत्रीले ४५८२ मत ल्याएकी छन् । 

३२ वडा रहेको वीरगन्ज महानगरपालिकामा २८ वडाको नतीजा आइसकेको छ भने अब ४ वडाको नतिजा आउन बाँकी रहेको छ ।  निर्वाचन आयोगका अनुसार संघीय समाजवादी फोरम र नेपाली कांग्रेसले ९, ९ वडामा जित हासिल गरेका छन् । त्यस्तै एमाले ५ वडामा जित हासिल गरेको छ भने राजपाले ३ वडामा जितेका छन् ।  त्यस्तै माओवादी केन्द्र र लोकतान्त्रिक फोरमले एक एक वडामा जित हासिल गरेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै