• २०८१ बैशाख १३ बिहीबार

वीरगन्ज महानगरमा ४ वडाको मत गणना हुन बाँकी, कसले कुन वडामा जिते (सुची सहित)

kharibot

वीरगन्ज ।  वीरगन्ज महानगरपालिकामा अहिलेपनि मत गणना जारी रहेको छ ।  

३२ वडा रहेको वीरगन्ज महानगरपालिकामा २८ वडाको नतीजा आइसकेको छ बहने अब ४ वडाको नतिजा आउन बाँकी रहेको छ ।  

निर्वाचन आयोगका अनुसार संघीय समाजवादी फोरम र नेपाली कांग्रेसले ९, ९ वडामा जित हासिल गरेका छन् । त्यस्तै एमाले ५ वडामा जित हासिल गरेको छ भने राजपाले ३ वडामा जितेका छन् ।  त्यस्तै माओवादी केन्द्र र लोकतान्त्रिक फोरमले एक एक वडामा जित हासिल गरेका छन् ।

निर्वाचन आयोगका अनुसार नेपाली कांग्रेसले वडा नं १, ४, ६, १०, १५, २१, २४, २६ र ३१ गरी ९ वडामा जित हासिल गरेको छ भने स‌ंघीय समाजवादी फोरमले २, ७, ९, १२ १३ २२ २५, २८, २९, गरी ९ वडामा जीत हासिल गरेको छ । 

त्यसैगरी एमालेले ८, ११, २३, २७ र ३० नम्बर वडा जितेको छ भने राजपाले ३, ५, ३२ वडामा जित हासिल गरेको छ ।   

त्यस्तै माओवादी केन्द्रले वडा नं २० र लोकतान्त्रिक फोरमले वडा नं १९ मा जित हासिल गरेका छन् ।

३२ वडा सङ्ख्या रहेको वीरगञ्ज महानगरपालिकामा अब १४, १६, १७ र १८ वडाको मत परिणाम आउन बाँकी रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै