• २०८१ बैशाख १३ बिहीबार

अब आई स्क्यान प्रविधिबाट श्रम स्वीकृति ! विभाग धाउनु पर्ने बाध्यता हट्दै

kharibot

बैदेशिक रोजगार विभागले आई स्क्यान प्रविधिबाट श्रम स्वीकृति गर्ने भएको छ । बैदेशिक रोजगारीका लागि श्रम स्वीकृति अनिवार्य भएको र त्यसका लागि विभागको कार्यालय काठमाडौंमै धाउनु पर्ने बाध्यतालाई सहजिकरण गर्नका लागि विभागले आइ स्क्यान प्रविधिबाट श्रम स्वीकृति लिने व्यवस्था लागू गरेको हो ।

बैदेशिक रोजगारको सिलसिलामा हजारौं नेपाली युवायुवतीहरु विदेश गएरहेका छन् । यसरी वैदेशिक रोजगारीमा जानेहरुले श्रम विभागबाट अनिवार्य रुपमा श्रम स्वीकृति लिनुपर्ने बाध्यात्मक व्यवस्था छ । यसरी पटक-पटक विभाग धाएर काम गर्नुपर्दा  धेरैलाई कठिन भएको महसुस गरेर वैदेशिक रोजगार विभागले सोमबारदेखि आई स्क्यान प्रविधिबाट श्रम स्वीकृति लिने व्यवस्था मिलाएको हो ।

यसले दैनिक रुपमा काम गर्न विदेश जाने हजारौं कामदारहरुलाई प्रत्यक्ष फाइदा भएको छ । नेपालमा नै पहिलोपल्ट भित्रिएको यस प्रविधि हालसम्मकै उच्च प्रविधि हो । यसबाट काम गर्दा छिटो, छरितो, पारदर्शी र भरपर्दो हुन्छ भने समयको समेत बचत हुने निजामती कर्मचारीहरुको आधीकारिक ट्रेड युनियन विगागीय कार्यसमित श्रम तथा रोजगार मन्त्रालयका आधिकारिक अध्यक्ष सुदर्शन खनालले बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै