• २०८१ बैशाख १३ बिहीबार

न्युटन ओस्कारका लागि छनौट भएपछि प्रियंका भईन् दुखी

kharibot

अभिनेत्री प्रियंका चोपडा

मुम्बई । बलिवुडबाट यस बर्ष ओस्कार अवार्डमा राजकुमार राव अभिनित फिल्म न्युटन विदेशी भाषाको फिल्ममा छनौट भएपछि अभिनेत्री प्रियंका चोपडा दुखी भएकी छन् ।

सारा बलिवुडले न्युटनले ओस्कारमा मनोनयन पाएकोमा खुशी देखिन्छन भने अभिनेत्री प्रियंका भने यसबाट खुशी छैनन् ।

रिपोर्टका अनुसार यस बर्षको ओस्कारमा मनोनयनको दौडमा प्रियंकाले बनाएको फिल्म भेन्टिलेटर पनि थियो, जसले यस बर्षको तीन नेशनल अवार्ड जितेको थियो ।

भेन्टिलेटरले न्युयोर्कको फिल्म फेस्टिभलमा पनि निकै तारिफ पाएको थियो । तर ओस्कारका लागि भने मनोनयनमा पर्न सकेन । भेन्टिलेटर ओस्कार मनोनयनका लागि छनौट गरिएको २६ फिल्ममा रहेको थियो ।

भेन्टिलेटरको पक्षमा १४ सदस्य छनौट जुरी मध्ये केहि जुरी सदस्य भए पनि न्युटनको विषयमा सबैको एक मत रहेको जुरी सदस्य सुपर्ना सेनले बताएकी छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै