• २०८१ बैशाख ७ शुक्रबार

नयाँ कमरेड कोमल ओली

kharibot

काठमाडौँ । ५० को दशकका नेपाली विद्यार्थी आन्दोलनका नेता, तत्कालिन अनेरास्ववियूका अध्यक्ष शंकर पोखरेल असोज ८ गते राष्ट्रिय प्रजातन्त्र पार्टीकी निर्वाचित केन्द्रीय सदस्य एवं गायिका कोमल ओलीलाई पार्टी प्रवेश गराउन पाउदा निक्कै मख्ख देखिन्थे । सोमबार आफ्नो माउ पार्टी राप्रपा छाडेर एमालेमा प्रवेश गरेकी ओलीलाई एमालेमा भित्रयाउने लामो प्रयाश सफल भएकोमा एमाले नेता पोखरेल उतसाही र खुसी देखिएका थिए ।

दाङमा आयोजित एक कार्यक्रममा एमाले उपाध्यक्ष वामदेव गौतम र अर्का नेता  पोख्रेलले कोमल ओलीलाई पार्टीमा भित्रयाएका हुन् । ओलीसँगै कांग्रेस नेता बलिभद्र राना मगर पनि एमालेमा प्रवेश गरे । 

राजधानीमा अनेरास्ववियूका अध्यक्षका रुपमा पोखरेल क्रियाशिल हुदा ओली रेडियो नेपालमा समाचार पढ्थिन । ठाउँका ठाउँ लोकगीत गाउँथिन । शंकर पोखरेलको पालामा मात्रै किन वामदेव गौतम गृहमन्त्रीदेखि उपप्रधानमन्त्री हुदा पनि कोमल ओली कलाकार र संचारकर्मी नै थिईन । तर अब कोमल पनि भएकी छिन शंकर हाराहारीकै कमरेड कोमल ओली । केपी ओलीले के छ छोरी भनेर संवोधन गर्दा मख्ख परेको ट्वीट कोमलले पहिल्यै गरिसकेकी हुन । 

अघिल्लो महिना राप्रपामा विभाजन आएपछि सँगै राप्रपामा प्रवेश गरेका दुई कलाकारहरु ओली र रेखा थापाले छोटो अवधिमै पार्टी परिवर्तन गरेका हुन् । एमाले उपाध्यक्ष गौतमको फूलमाला र खादासहितको स्वागतमा कोमल अब बनिन कमरेड कोमल । रेखाले पशुपति शम्शेर राणाको नयाँ राप्रपामा गएर कमल थापालाई हिस्स पारिसकेकी छिन । 

एमाले मात्र देश बचाउने र बनाउने पार्टी रहेको भन्दै पार्टी परिवर्तन गरेको प्रतिक्रिया ओलीले दिएकी छिन् । थापा भने यसअघि नै राप्रपाबाट अलग्गिएर बनेको पशुपति शमशेर नेतृत्वको राप्रपा प्रजातान्त्रिकमा छिन् । उनीहरु दुवै राप्रपाको केन्द्रीय महाधिवेशनबाट निर्वाचित भएका थिए ।

ठीकै हो, कलाकारितामा उम्दा देखिएकी कोमलले देश बनाउने पार्टी एमाले देखिन । उनले एमाले स्थानीय चुनावमा पहिलो दल बनेको पनि नेता भएपछि मात्रै देखिन । एमाले प्रदेश नम्वर २ मा पाचौं भएको पनि शायद देखिनन् । उनलाई देख्नु थियो देश बनेको । देश एमालेले बनाउछ भन्ने कोमलको व्रम्हले देखेपछि सोही ठीक । त्यसैले कोमलको एमाले प्रवेश जता मल्को उतै ढल्को गर्ने अवसरवादी राजनीतिको एक सामान्य तुरूप हो । यसमा कसैले अनौठो मान्नु पर्ने कारण छैन । बरु, एमालेसँगै कोमललाई शुभकामना दिए हुन्छ देश बनाउनका लागि । 

कालो चश्मा ढल्काएर सधै चिटिक्कको मेक अपमा हसिली फरासिली कोमलले नै एमालेले देश बनाउछ भनेपछि अरुले शंका गर्नु बेकार छ । काठमाण्डौं महानगरपालिकामा एमालेको बहुमत छ । मेयर विद्यासुन्दर शाक्यले महानगरलाई स्मार्ट बनाईसके । त्यही नजिर देखेर होला कोमल पनि विद्यासुन्दर जस्तै देश बनाउनैका लागि एमाले कमरेड बनिन त के बिराईन ?

काठमाण्डौं त मेयर शाक्यले जति पिएल सिंह र केशव स्थापितले बनाउने मेलोमेसो नै पाएका थिएनन् नी । अनि अब कोमल कमरेडको पनि साथ पाएपछि काठमाण्डौंका मेयर विद्यासुन्दरले कति उल्का गर्ने होलान ? कल्पना गर्नुस त ? एमालेमा रामकमारी झाक्रीहरु, नबिना लामाहरुको भन्दा त नयाँ कमरेड कोमलकै खाँचो थियो । भैरहेका भन्दा नवआगन्तुक कमरेडहरुले नै हो नी जनताको बहुदलीय जनवादको कार्यनीति सफल पार्ने ।

एमालेलाई नयाँ कमरेडहरु भित्रयाउने र पार्टीका कामरेडहरुलाई सिध्याउने राम्रो अनुभव छ । कुनै बेला हाजरा खातुनहरुलाई कमरेड बनाएको एमाले हो । वीरगन्जका नयाँ एमाले वसुरुद्धिन अन्सारीले नेश्नल मेडिकल कलेज मार्फत स्वास्थ्य क्रान्ति गरेको तथ्य जगजाहेर नै छ । वीरगन्जका मतदाताले नवप्रवेशी कमरेड अन्सारीलाई पुरस्कार पनि दिएकै छन । 

पहिलो चरणको स्थानीय चुनावमा बहुमत ल्याएको एमालेले वृद्धभत्ता घरघरमा बाँडेर देश बनाएको बनाएकै छ । शहरको धुलो, हिलो मैलो हेरेर शहर बनाउन भगिरथ प्रयत्न गरिरहेकैछ । फोहरको सडक बिस्कुन लगाएर अनुपम शहर शोभा बढाएकै छ । सग्लो सडक कतै नरहेको टुलु टुलु हेरेर पनि एमालेले गर्नु सम्मको देश निर्माणमा बाजी मारेकै छ । एमालेले देश बनाएको तथ्य त हेर्नोस हजार जिव्रा भएका शेष नागले पनि बयान गरेर साध्य छैन । त्यसैले कोमल ओलीहरु एमालेमै जानुपर्ने हो नी देश बनाउन । त्यसैले ठीक गरिन कोमल एमाले कमरेड बनेर ।

एमालेले पंचायतकालमा बहुदलका लागि संघर्ष गर्दा कोमल दरवारीया थिईन त के गल्ती भो र ? जस्तो देश उस्तै परिवेशमा थिईन कोमल । राप्रपा चौथो सिटमा नै स्थानीय चुनावमा रहेको भए कोमललाई हिन्दू राष्ट्र र राजावादी नै हुनु थियो ।

एमालेले पंचायतकालमा बहुदलका लागि संघर्ष गर्दा कोमल दरवारीया थिईन त के गल्ती भो र ? जस्तो देश उस्तै परिवेशमा थिईन कोमल । राप्रपा चौथो सिटमा नै स्थानीय चुनावमा रहेको भए कोमललाई हिन्दू राष्ट्र र राजावादी नै हुनु थियो । कमल थापाको दल जनताबाट रिक्तिदै गएपछि उनले जनवादी क्रान्तिको सरल मार्ग रोजेर देश बनाउन खोज्नु वास्तवमा ठीक हो । कहाँका ओरालो लागेका कमल थापा, अनि कहाँका राष्ट्रवादले जगमगाएका केपी ओली । कमल वा केपी मध्येमा के अल्फाबेट उही हो । थप केपी ओली नै परे, पिता नै परे । त्यसैले छोरी गईन पिताको काखमा, एमालेको पोल्टोमा । किन कसैले मन दुखाई गर्नु र ?

कलाकारले पार्टीमा लागेपछि देश छिट्टै बन्ने रहेछ भनेर ताजा उदाहरण नयाँ शक्तिकी नेतृ अर्थात अभिनेतृ करिश्मा मान्नधरले नजिर नै राखेको पनि सबैलाई दिनको घाम जत्तिकै छर्लंग छ । नयाँ शक्तिमा रामेश्वर खनाल, मुमाराम खनाल, देवेन्द्र पौडेलहरु न्टिक्ने तर करिश्माहरुको करिष्मामा डा. बाबुराम भट्टराईको नयाँ शक्ति आर्थिक सम्वृद्धिमा देशलाई हाँकीरहने नजिर संसारमा अन्त कुनै पनि देशमा बिरलै हुदो हो ।

त्यसैले नयाँ शक्तिकी करिष्मा वा पशुपति शम्शेरको राप्रपाकी रेखा थापा र एमालेकी कोमलहरुलाई देश बनाउन, सम्वृद्धि ल्याउन, जनतालाई सुखी बनाउने राजनीति गर्न शुभकामना दिईरहनुपर्छ । आखिर राजनीति हो , राजनीतिमा के नै पो असंभव हुन्छ र ?


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै