• २०८१ बैशाख ४ मंगलबार

क्लब छोड्ने भएपछि बार्सिलोनाले हटायो नेइमारको पोष्टर  

kharibot

बार्सिलोना छोड्ने निश्चित भएपछि बार्सिलोना क्लबको पर्खालमा लगाइएका नेइमारका पोष्टर हटाइएको छ । नेइमार पिएसजी जाने निधो भएको केहि घन्टामै बार्सिलोनाले नेइमारको पोष्टर हटाएको हो ।

तस्विरमा बार्सिलोनाका कर्मचारीले नेइमारको पोष्टर हटाउदै गरेको देखिएको छ । सन् २०१३ मा बर्जिल्को सान्तोष क्लबबाट बार्सिलोना आएका नेइमार अहिलेसम्मकै महँगो ट्रान्सफर फि मा पिएसजी जान लागेका छन् ।

नेइमार हाल मेडिकलका लागि पिएसजीका खेल निर्देशकसँग पोर्चुगलको शहर पोर्टोमा गएका छन् । नेइमारले बुधबार बार्सिलोनाका आफ्ना साथीहरुलाई अन्तिम भेट गरेर पोर्टोतर्फ लागेका थिए ।

नेइमारका अत्यन्त नजिक रहेका अर्जेन्टिनी खेलाडी लियोनेल मेसीले भावुक सन्देश दिदै नयाँ जीवनका लागि शुभकामना दिएका छन् । मेसीले पछिल्ला बर्ष नेइमारसँग विताएका खुशीका पल सम्झिदै नेइमारलाई सधै माया गर्ने उल्लेख गरेका छन् । 

पिएसजीले नेइमारसँग सम्झौता हुनासाथ नेइमारको फ्रान्समा भव्य स्वागत गर्ने तयारी गरिरहेको अन्तर्राष्ट्रिय मिडियाहरुले उल्लेख गरेका छन् ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै