• २०८१ बैशाख ६ बिहीबार

सलमान खानले भने-‘म पनि दुई तीनबर्षमा पिता बन्दै छु’

kharibot

मुम्बई । बलिवुडका दबंग खान सलमान खानले अर्को २-३ बर्षमा आफ्नो पनि छोरा छोरी हुने खुलासा गरेका छन् । बलिवुड हंगामाका अनुसार सलमानले आफ्ना माता पिताको इच्छा अनुसार आफु पनि पिता हुन लागेको खुलासा गरेका हुन् ।

सलमानले उनको विवाह कहिले गर्छन भन्ने प्रश्न उठिरहेका बेला पिता बन्ने इच्छा जाहेर गरेका हुन् ।सलमानले भनेका छन् आफु ७० बर्षको हुँदा आफ्नो बच्चा २० बर्षको हुने छ जुन स्वभाविक हुने बताए ।

आगामी डिसेम्बरमा ५२ बर्षका हुने सलमानले विवाह नगरी सरोगेसीको माध्यमबाट पिता बन्ने भएका छन् । यसो भएमा सलमान सरोगेसीबाट पिता बन्ने अर्को बलिवुड सेलिब्रेटी बन्ने छन् जो विवाह नगरी पिता बन्ने छन् ।

यसअघि अभिनेता तुषार कपुर र निर्माता निर्देशक करन जोहर विवाह नगरी सरोगेसिको माध्यमबाट पिता बनिसकेका छन् । त्यस्तै बलिवुडका किंग खान सलमान खानले पनि सरोगेसिको माध्यमबाट आफ्ना कान्छा छोरालाई जन्म दिएका थिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै