काठमाडौँ । वरिष्ठ प्राध्यापक डाक्टर गोविन्द केसीले आफ्नो १२औ अनशन सुरु गरेका छन् । डा. केसीले पत्रकार सम्मेलन गरेर अनशन बस्ने घोषणा गरेका हुन् ।
संसदमा विचाराधिन चिकित्सा शिक्षा विधेयक तोडमोड गरेर जनतामुखी र विद्यार्थीमुखी नभई माफियामुखी ऐन जारी गर्ने यास भइरहेकोले डा. केसी फेरी अनशन बस्न लागेको बताएका छन् ।
माफियामुखी ऐनलाई तत्काल रोकेर सही रूपमा चिकित्सा शिक्षा तथा अन्य मागहरू पुरा गर्न आज बिहान ११ बजेदेखि सत्याग्रह सुरू गर्ने डा. केसीले बताएका छन् ।