• २०८१ बैशाख १२ बुधबार

सुख्खा पहिरोका कारण तम्घास–रिडी सडकखण्ड अवरुद्ध

kharibot

गुल्मी ।  सुख्खा पहिरो गएपछि गुल्मीको तम्घास–रिडी सडक खण्ड बिहानदेखि अवरुद्ध बनेको छ । 

रेसुंगा नगरपालिका–१३ स्थित दुबिचौर नजिकै भंगारीमा सोमबार बिहान अचानक सडकमाथिबाट ठूलो पहिरो खसेपछि उक्त सडक अवरुद्ध बनेको हो । 

सडक अवरुद्ध बनेपछि तम्घासबाट पाल्पा, बुटवल र काठमाडाँैसम्म जाने सम्पूर्ण सवारी साधन र सयौँं यात्रु बीचबाटोमै अलपत्र परेका छन् । 

सडकमाथिबाट सुख्खा पहिरो खसिरहेका कारण सडकमा खसेको पहिरो हटाउन समस्या परेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुंगानाले जानकारी दिएका छन्  । 

सडकमा माटोसँगै ठूला÷ठूला चट्टान खसेका कारण सडकमा खसेको पहिरो हटाउन पनि लामो समय लाग्नेभएका कारण आज दिनभर नै सडक सुचारु हुने सम्भावना न्यून रहेको बताइएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै