• २०८१ बैशाख ७ शुक्रबार

अब ५ स्थानको मत परिणाम आउन बाँकी : कांग्रेस अगाडी, एमाले पाँचौ स्थानमा 

kharibot

काठमाडौँ । प्रदेश नम्बर २ को १३६ स्थानीय तह मध्य अहिलेसम्म १३१ स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक भएको छ । अब ५ स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक हुन बाँकी छ । 

सार्वजनीक भएको अन्तिम परिणाममा कांग्रेस ३८ स्थानीय तहमा विजयी भएको छ । त्यस्तै संघीय समाजवादी फोरम २५ र राजपाले २४ स्थानमा जित हासिल गरेको छ ।  माओवादी केन्द्रले २१ स्थानमा जितेको छ भने एमालेले १७ स्थानमा जित हासिल गरेको छ । 

त्यस्तै लोकतान्त्रिक फोरमले ३ स्थानमा जितेको छ भने नेपाली जनता दल र नयाँ शक्ति पार्टीले एक-एक स्थानमा जित हासिल गरेको छ । 

अब मत परिणाम आउन ५ स्थानीय तह बाँकी रहेको छ । जसमा पर्साको वीरगन्ज महानगरपालिका, बाराको कलैया उपमहानगरपालिका, बाराकै कल्ह्वी नगरपालिका र बाराकै बारागढ़ी गाँउपालिका रहेका छन् भने सप्तरीको राजविराज नगरपालिकामा पनि अहिले मत गणना जारी रहको छ  ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै