• २०८१ बैशाख ७ शुक्रबार

सौगात र बर्षाको ‘मेरो पैसा खोई ?’ को ट्रेलर सार्वजनिक (भिडियो सहित)

kharibot

काठमाडौँ । सौगात मल्ल र बर्षा राउतको नयाँ फिल्म ‘मेरो पैसा खोई ?’ को ट्रेलर सार्वजनिक गरिएको छ ।  

उपत्यकामा असोज ११ र मोफसलमा २० गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको कमेडी प्रधान फिल्म ‘मेरो पैसा खोई ?’ मा नायिका वर्षा राउत यौनकर्मीको भूमिकामा प्रस्तुत भएकी छिन् । ट्रेलर हेर्दा फिल्म यौनकर्मी महिलाहरुको कथामा बनेको अनुमान गर्न सकिन्छ । 

‘मेरो पैसा खोई ?’ असोज ११ गते राजधानीका हलहरुमा 'छक्का पन्जा २' सँग भिडन्त गर्न लागेको छ । फिल्मलाई रोज राणाले निर्माण र निर्देशन गरेका हुन् । सौगात र वर्षाका अलवा फिल्ममा सागर तिवारी, कमलमणी नेपाल, बुद्धी तामाङ, प्रमोद अग्रहरी र रविन तामाङ लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । 

फिल्ममा हरि घले लामाको छायांकन, सुवास देवकोटाको सम्पादन, कमल राईको कोरियोग्राफी रहेको छ । उमा केसी निर्माता रहेको फिल्ममा रुपक राना र रुपम राना सह-निर्माताको रुपमा रहेका छन् । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै