• २०८१ बैशाख १३ बिहीबार

पिएसजीमा नेइमारको तलब प्रतिमिनेट ८ हजार !

kharibot

काठमाडौँ ।  फुटबल लिक्सले हालै बार्सिलोनाबाट फ्रेन्च क्लब पिएसजी गएका ब्राजिलियन फुटबलर नेइमारको तलबको खुलासा गरेको छ ।

फुटबल लिक्सको खुलासा अनुसार विश्वका महंगा फुटबलर भनिएका अर्जेन्टिनी फुटबलर कार्लोस टेभेज भन्दा नेइमारको तलब अलिकति मात्र कम रहेको बताइएको छ ।

२२२ मिलियन युरोमा पिएसजी गएका नेइमारको प्रति महिना ३ मिलियन युरो तलब रहेको खुलासा भएको छ । यस अनुसार प्रति बर्ष नेइमारले ३६ मिलियन युरो तलब बुझ्ने गर्दछन ।

अर्जेन्टिनी फुटबलर टेभेजले भने चाइनिज क्लब सांघाई शेन्हुवाबाट करिब ३८.४ मिलियन युरो पारिश्रमिक पाउने उल्लेख गरिएको छ ।

यस आँकडा अनुसार नेइमारले प्रतिदिन एक लाख युरो कमाउने गर्दछन । त्यस्तै प्रतिघन्टा ४ हजार युरो र प्रति मिनेट ६६ युरो कमाउने गर्दछन । अर्थात नेइमारले पिएसजीमा प्रतिमिनेट ८१६३ नेपाली रुपैया तलब पाउने गर्दछन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै