• २०८१ बैशाख १३ बिहीबार

प्रधानमन्त्री देउवा न्युयोर्कबाट अबुधावीतर्फ

kharibot

न्यूयोर्क ।  प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसङ्घको ७२औँ महासभामा भाग लिई स्वदेश फर्कने क्रममा संयुक्त अरब इमिरेट्स (युएई) को अबुधावी प्रस्थान गर्दै छन् । 

प्रधानमन्त्री देउवा, उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री कृष्णबहादुर महरालगायत उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डल न्यूयोर्कस्थित जोन अफ केनेडी विमानस्थलबाट आइतबार स्थानीय समय अपराह्न ३ बजे अबुधावी प्रस्थान गर्ने तालिका रहेको छ । 

प्रधानमन्त्री देउवा राष्ट्रसङ्घको ७२औँ महासभामा भाग लिन यही असोज ३ गते काठमाडौँबाट न्यूयोर्कका लागि प्रस्थान गरेका थिए । प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल अबुधावी हुँदै ओमनको मस्कटमा जानेछ । 

त्यहाँ प्रधानमन्त्री देउवाले खाडी क्षेत्रका नेपाली कूटनीतिक नियोगका प्रमुखलाई नेपाल र नेपाली आप्रवासी कामदारको हित र उनीहरूको संरक्षणका बारेमा निर्देशन दिने बृहत् कार्यक्रम रहेको प्रधामन्त्री देउवाका वरिष्ठ सञ्चारविज्ञ गोविन्द परियारले जानकारी दिए । श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुर मस्कटबाट नेपाली प्रतिनिधिमण्डलमा सहभागी हुनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । 

प्रधानमन्त्री देउवाले यही असोज ७ गते महासभालाई सम्बोधन गनाका साथै सोही दिन राष्ट्रसङ्घका महासचिव एन्टिोनियो गुटेरससँग उच्चस्तरीय द्विपक्षीय भेटवार्ता गरेका थिए । महासभाको दौरान न्यूयोर्कमा रहँदा प्रधानमन्त्री देउवाले अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानी, श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना, बंगलादेशका प्रधानमन्त्री सेख हसिना, पाकिस्तानका प्रधानमन्त्री सहिद खान अब्बासी र इस्टोनियाका राष्ट्रपति केस्र्टी काल्जुलेइडसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । 

प्रधानमन्त्री देउवासँग नेपाली प्रतिनिधिमण्डलमा उपप्रधानमन्त्री महरा, महिला, बालबालिका तथा समाज कल्याणमन्त्री आशा कोइराला, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागी, न्यूयोर्कस्थित राष्ट्रसङ्घको स्थायी नियोगका लागि नेपाली प्रतिनिधि दुर्गाप्रसाद भट्टराईलगायत २० सदस्य सहभागी हुनुहुन्छ । प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल असोज १२ गते स्वदेश फर्कने कार्यक्रम छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै