• २०८१ बैशाख ७ शुक्रबार

वीरगन्ज महानगरपालिकाको पछिल्लो अपडेट : फोरमका सरावगीको अग्रता कायमै    

kharibot

वीरगन्ज । वीरगन्ज महानगरपालिकाको पछिल्लो मत परिणामअनुसार कांग्रेसलाई पछि पर्दै संघीय समाजवादी फोरमका विजय सरावगी अगाडी आएका छन् ।

यस अघि राजपालाई उछिन्दै दोस्रो स्थानमा आएका संघीय समाजवादी फोरमका उम्मेदवार विजयी सरावगीले पछिलो मत परिणाममा कांग्रेसलाई पनि पछि पर्दै अग्रता लिएका हुन् ।

पछिल्लो परिणाम अनुसार फोरमका विजयी सरावगीले ११६८२ मत ल्याएका छन् भने कांग्रेसका अजयकुमार द्विवेदीले ११४७२ मत ल्याएका छन् ।  त्यस्तै राजपाका मेयर पदका उम्मेदवार राजेशमान सिंहले ७६३० मत ल्याएर पछाडी परेका छन् ।

त्यस्तै एमालेका उम्मेदवार बशरुद्दीन अन्सारीले ५६६६ मत, माओवादीका उम्मेदवार रह्बर अन्सारीले ५१५६ मत ल्याएका छन् भने लोकतान्त्रिक फोरमका मेयर उम्मेदवार बिमल श्रीवास्तवले ४६२१ मत ल्याएका छन् ।

त्यस्तै उपमेयरमा भने कांग्रेसकी उम्मेदवार शान्ति कार्कीले १३०५७ मत ल्याएर अगाडी रहेकी छन् भने संघीय समाजवादी फोरमकी पिंकी यादवले १११३६ मत ल्याएकी छन् । 

त्यस्तै राजपाकी उम्मेदवार रम्भा मिश्राले ६५९९ मत ल्याएकी छन् भने एमालेकी सोफिया आचार्यले ६२०६ मत ल्याएकी छन् । त्यस्तै माओवादी केन्द्रकी दुर्गा क्षेत्रीले ३३७२ र फोरम लोकतान्त्रिककी उम्मेदवार अनिता देवी यादवले ३८०५ मत ल्याएकी छन् । 

वीरगन्ज महानगरपालिकामा अहिलेसम्म ५० हजार एक सय ४८ मत गणना गरिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै