• २०८१ बैशाख १३ बिहीबार

बिजुलीको बिल अब ग्लोबल आइएमई बैंकबाट तिर्न सकिने

kharibot

काठमाडौँ । ग्लोबल आइएमई बैंकले बैंकको बिजुलीको बिल ग्लोबल स्मार्ट मोवाइल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्न सकिने व्यवस्था मिलाएको छ । 

बिजुलीको बिल तिर्न लामो समय लाईन बस्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै बैंकले यो सेवा सुचारु गरेको हो । 

जस अन्तर्गत ग्लोबल आइएमई बैंकमा खाता रहेका ग्राहकमहानुभावहरु तथा नयाँ खाता खोल्ने ग्राहक महानुभाबहरुले ग्लोबल स्मार्ट मोवाईल बैंकिङ्ग सेवा मार्फत घरैमा बसि नेपाल बिद्युत प्राधिकरणको बिल तिर्न सकिने छ ।

यो सेवा उपभोग गर्नका लागि स्मार्ट मोवाईलमा ग्लोबल स्मार्ट एप डाउनलोड गरि त्यसमा रहेको पेमेन्ट अप्सनमा गई एनईए पेमेन्टमा दिइएको निर्दैशन पालना गरि सजिल्यैसंग जुनसुकै समयमापनि बिल तिर्न सकिने छ । 

बिज्ञान प्रबिधिले नयाँनयाँ आयामहरु भित्राइरहेको अहिलेको समयमा आफ्ना ग्राहकको सुबिधालाई ध्यानमा राख्दै बैंकले समय समयमा आफ्ना सुबिधाहरु परिमार्जन गर्दे आईरहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै