• २०८१ बैशाख ८ शनिबार

विजय डिस्टिलरीको स्पेसल गल्फर्स एडिसन मास्टर सेलेक्सन व्हिस्की बजारमा

kharibot

काठमाडौँ । विजय डिस्टिलरीले स्पेसल गल्फर्स एडिसन व्हिस्की मास्टर सेलेक्सन बजारमा ल्याएको छ ।

डिस्टिलरीले रौल गल्फ क्लबको सयौ बार्षिकोत्सवको उपलक्ष्यमा गोल्फर्स एडिसन व्हिस्की मास्टर सेलेक्सन बजारमा ल्याएको छ ।

स्कच विस्कीको अस्तित्व र इतिहासलाई संरक्षण गर्दै मास्टर सेलेक्सन बनेको जानकारी दिदै डिस्टिलरीले चुनिएको फ्लेभरबाट स्मुद तथा उत्कृष्ट स्वाद भएको यो विस्की, मिक्सोलोजिस्ट तथा विस्की प्रमीहरुमाझ अब्बल दर्जामा ठहरिने विस्वास गरेको उल्लेख गरेको छ । 

मास्टर सेलेक्सन व्हिस्की र मनमोहक बोतल तथा प्याकेजिङ् समेत एक कलको रुपमा लिन सकिन्छ । नजर नहट्ने डिजाइनको बोतल, जहाँ राखिएपनि चर्चाको विषय बन्नेछ ।
मास्टर सेलेक्सन एकमात्र ब्लेन्डेड माल्ट स्कच व्हिस्की हो जुन अल्ट्रा प्रिमियम श्रेणीमा गनिन्छ । यहि कारण विजय डिस्टीलरी यस क्षेत्रमा अझ फैलिन सफल भएको छ । 

नेपालकै उत्कृष्ट व्हिस्की उत्पादक मध्ये एक कम्पनिबाट प्रस्तुत यस विस्कीले बिस्तार अघि नै व्हिस्की पारखीहरुको ध्यान आकर्षण गरिसकेको छ । डिस्टीलेरीबाटै मास्टर सेलेक्सनको माग अनुरुप विक्री भइसकेको छ । 

विजय डिस्टिलरीले स्कटल्यान्डको पूवी हाइल्यान्डबाट नेपालको हिमालयसम्म लिमिटेड एडिसन स्कच ल्याएको हो । ब्लेन्डिङ्को कलालाई आदर गर्ने र मनपराउनेका लागि यो सर्व उत्कृष्ट गुणयुक्त व्हिस्की हुने कम्पनीले विस्वास लिएको छ ।
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै