• २०८१ बैशाख ४ मंगलबार

नारायणघाट—मुग्लिन सडकखण्डमा पहिरोका कारण सडक अझै अवरुद्ध

kharibot

कालीखोला नजिक आएको पहिरो, तस्विर : नारायणघाट—मुग्लिन सडक आयोजना

चितवन, नारायणघाट—मुग्लिन सडकखण्डमा बुधबार बेलुकी पहिरोले २ वटा सवारी साधन पुरिएपछि अबरुद्ध बनेको राजमार्ग अझै खुल्न सकेको छैन । 

बुधबारदेखि निरन्तर बर्षा भएको कारण मुग्लिन देखि ५ किलो मिटर नारायणगढ तर्फको दुरीमा दर्जन भन्दा बढी ठाउहरुमा सानो ठुलो पहिरो खसेको कारण विहिबार राजमार्ग खुलाउन सम्भावना कम रहको नारायणगढ-मुग्लिन सडक आयोजनाले बताएको छ । पहिरो हटाउन समय लाग्ने भएपछि हजारौ यात्रुहरु अलपत्रमा परेका छन् भने केही सवारी साधनहरु बैकल्पिक राजमार्ग प्रयोग गरेर गन्तब्य स्थल तर्फ लागेका छन् । 

पहिरोले काठमाण्डौ बाट इलाम तर्फ जादै गरेको ना ६ ख ७१२१ नम्बरको बस र बा १५ च ९३८१ नम्बरको जिप पहिरोमा परेको हो । पहिरोले बसलाई त्रिशुली नदीमा पुर्याएको छ भने जिप पहिराले चेपिएको अवस्थामा रहेको छ । पहिरोमा परेको उक्त सवारी साधनहरुमा भने कुनै मानवीय क्षति भने हुन पाएन । पहिरो खस्दै गर्दा चालकले सबै यात्रुहरुलाई बसबाट छिटो ओर्लन लगाएकोले कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । त्यस्तै सोही बसकै पछाडी रहेको जिपमा ४ जना सवार रहेको र उनीहरु पनि भागेर ज्यान बचाउन सफल भएका छन् । 

मुग्लिन नारायणगढ सडक विस्तारको लागि भन्दै केही दिन अघि देखि राति ७ बजे देखि विहान ५ बजे सम्म यो राजमार्ग बन्द गर्दै आएको छ । राति ७ बजे सम्ममा मुग्लिनमा छिरेका सवारीसाधन प्रहरीले हरेक दिन स्कर्टिङ गर्दै जुगेडी सम्म पुर्याउने गरेको र सोही क्रममा हिजो पनि ती अन्तिम सवारी साधनहरुलाई स्कर्टिङ गरेर लैजादै गर्दा कालीखोलामा पुग्दा पहिरोले आफुहरुले देख्दा देख्दै बस त्रिशुली नदिमा पुर्याएको ट्राफिक प्रहरी जवान सुदर्शन श्रेष्ठले जानकारी दिएका छन् ।

नारायणगढ-मुग्लिन सडक आयोजनाले वर्षा निरन्तर भैरहेकोले पहिरो सफा गर्ने काम पनि सुचारु हुन नसकेकाले आज पहिरो सफा गरेर यातायात सन्चालन गर्न सक्ने सम्भावना अत्यन्त न्यून रहेको हुँदा बैकल्पिक ब्यवस्था गर्न सबैलाई अनुरोध गरेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै