• २०८१ बैशाख ७ शुक्रबार

१४ वर्षमै लेस्टर युनिभर्सिटीमा पढाइरहेका बालक प्रोफेसर याशा !

kharibot

याशा एस्ले । तस्बिर : याशाको फेसबुक

लण्डन । तपाईं कति वर्षको हुनुभयो ? आजसम्म तपाईंले जीवनमा कति उपलब्धि हासिल गर्नुभयो ? अझ भनौँ कति पढ्नुभएको छ ? दुनियाँमा थोरैमात्र प्रतिभाशाली र भाग्यशाली हुन्छन्, तिनले मात्रै पाउँछन् अवसर पनि ।

बेलायतको लेस्टर विश्वविद्यालयमा एक जना बालकले १४ वर्षको उमेरमै प्राध्यापक हुन सफल भएका छन् । इरानी मूलका १४ वर्षीय मुस्लिम किशोर युनिभर्सिटीमा गणितको प्राध्यापक बनेर पढाइरहेका हुन् । उनको नाम याशा एस्ले हो, उनी उक्त विश्वविद्यालयमा अतिथि शिक्षकको रुपमा छानिएका हुन् । त्यहाँ उनले विद्यार्थीलाई पढाएर आफू पनि डिग्री गरिरहेका छन् ।

उक्त बालकको यस्तो प्रतिभा देखेर सबैले उनलाई सानो उमेरका प्रोफेसर भन्ने गरेका छन् । याशाको पिता मुसा एस्ले आफ्नो छोराको यस्तो प्रतिभा देखेर अचम्म छन् । उनले नै विश्वविद्यालयसम्म छोरालाई छोडिदिने गरेका छन् । याशाको गणितमा विशेष रुचि रहेको छ । गणितमा अविश्वसनीय ज्ञान देखेर उसका अभिभावकले उसलाई मानव क्याल्कुलेटरको उपनाम नै दिएका छन् ।

अब उनले चाँडै आफ्नो डिग्री सकेर पीएचडी सुरु गर्ने बताइएको छ । याशाले १३ वर्षको हुँदै युनिभर्सिटीमा सम्पर्क गरेका थिए । त्यसपछि युनिभर्सिटीले सानो उमेरको भएकाले सोधपुछ गरेको थियो तर उनको जवाफ देखेर सबै अचम्म भए । त्यसपछि युनिभर्सिटीले याशालाई अतिथि शिक्षक बनाएको हो ।

उनलाई अतिथि शिक्षक पद दिँदा मानव संसाधन विकास विभागबाट विशेष अनुमति लिनुपरेको थियो । युनिभर्सिटीले यो प्रस्ताव परिषद्सामु राख्दा १४ वर्षको यो बच्चासँग यति धेरै ज्ञान रहेको भन्नेमा संशय्य भएको थियो तर उनले आफ्नो प्रतिभा प्रमाणित गर्दै पढाइदिए । यसबाट उनीहरु अचम्म र आश्चर्यचकित भएको बताइएको छ ।

याशाले यो वर्ष आफ्ना लागि सुखद रहेको बताए । उनले आफूले जागिर पाउनु भन्दा पनि अरुलाई पढाउन पाउनु आफ्ना लागि ठूलो कुरा भएको उनको प्रतिक्रिया थियो ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै