• २०८१ बैशाख ७ शुक्रबार

सप्तरीको राजविराज नगरपालिकाको मत गणना सुरु

kharibot

राजविराज । सप्तरीको राजविराज नगरपालिकाको मत गणना सुरु भएको छ । करिब शुक्रबारदेखि अवरुद्ध मतगणना पुन: सुचारू भएको हो।

दलहरु र निर्वाचन अधिकारीहरु बीच विवाद हुँदा मत गणना रोकिएको थियो । पछि निर्वाचन आयोगले थप कर्मचारी व्यवस्था गरेर दलहरुसँग सहमति गरी मत गणना सुरु गरेको हो ।

वडा नं १ कै मगतणनामा विवाद भएपनि शुक्रबार राति १ बजेदेखि त्यहाँ मतगणना रोकिएको थियो। मतगणनामा विवाद भएपछि सबै दलहरूले पुन: गणनाको माग गरेका थिए ।

प्रारम्भिक मतगणनामा संघीय समाजवादी पार्टीका भीमराज यादव अगाडि देखिएका थिए। त्यस्तै, दोस्रो स्थानमा राजपाका शम्भुप्रसाद यादव, तेस्रोमा एमालेका सुखराम यादव र चौंथो स्थानमा माओवादी केन्द्रका अनिश अन्सारी थिए।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै