राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।
शम्भुनाथ नगरपालिकाको मेयरमा कांग्रेसका योगेन्द्रप्रसाद चौधरी २७७८ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका जितेन्द्रप्रसाद गुप्ताले २७३४ मत ल्याएका छन् ।
त्यस्तै उपमेयरमा पनि कांग्रेस कै कविताकुमारी सरदार २६०५ मतका साथ विजयी भएकी छन् । उनकी निकटतम प्रतिद्वन्दी एमालेकै शोभाकुमारी चौधरीले २४४५ मत ल्याएकी छन् ।