• २०८१ बैशाख ८ शनिबार

पहिरोले अवरुद्ध बुटवल-पाल्पा सडकखण्ड खुल्यो 

kharibot

रुपन्देही, सिद्धार्थ राजमार्गअन्तर्गत तानसेन–बुटवल सडक खण्डको तिनाउ गाउँपालिका ३ दोभानमा बुधबार दिउँसो पहिरो खस्दा अवरुद्ध भएको सडक बिहीबार बिहानैबाट सञ्चालनमा आएको छ । राजमार्गमा खसेको पहिरो फालेपछि एकतर्फी सवारी साधन चल्न थालेको प्रहरीले जनाएको छ ।  

अविरल वर्षासँगै दोभान प्रहरी चौकीदेखि २ मिटर अगाडि राजमार्गमा ठूलो पहिरो खसेको थियो । अविरल वर्षाले पहिरो पन्छाउन नसकिएकाले ढिला गरी खुलेको रुपन्देही प्रहरीले जनाएको छ । 

सिद्धार्थ राजमार्ग अवरुद्ध हुँदा बुटवलवाट पोखरा, स्याङ्जा, गुल्मी, अर्घाखाँची, बाग्लुङसम्म जाने यात्रु साथै र त्यसतर्फबाट बुटवलतर्फ जाने सवारी साधन र यात्रु बाटोमै अलपत्र परेका थिए । पहिरो पन्छाएपछि रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन् । पहाडबाट ढुंगा खस्ने भएकोले यात्रुहरु पैदल समेत हिड्न सक्ने अवस्था नभएको स्थानीयले बताएका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै