पहिरोले अवरुद्ध बुटवल-पाल्पा सडकखण्ड खुल्यो 

खरीबोट

रुपन्देही, सिद्धार्थ राजमार्गअन्तर्गत तानसेन–बुटवल सडक खण्डको तिनाउ गाउँपालिका ३ दोभानमा बुधबार दिउँसो पहिरो खस्दा अवरुद्ध भएको सडक बिहीबार बिहानैबाट सञ्चालनमा आएको छ । राजमार्गमा खसेको पहिरो फालेपछि एकतर्फी सवारी साधन चल्न थालेको प्रहरीले जनाएको छ ।  

अविरल वर्षासँगै दोभान प्रहरी चौकीदेखि २ मिटर अगाडि राजमार्गमा ठूलो पहिरो खसेको थियो । अविरल वर्षाले पहिरो पन्छाउन नसकिएकाले ढिला गरी खुलेको रुपन्देही प्रहरीले जनाएको छ । 

सिद्धार्थ राजमार्ग अवरुद्ध हुँदा बुटवलवाट पोखरा, स्याङ्जा, गुल्मी, अर्घाखाँची, बाग्लुङसम्म जाने यात्रु साथै र त्यसतर्फबाट बुटवलतर्फ जाने सवारी साधन र यात्रु बाटोमै अलपत्र परेका थिए । पहिरो पन्छाएपछि रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन् । पहाडबाट ढुंगा खस्ने भएकोले यात्रुहरु पैदल समेत हिड्न सक्ने अवस्था नभएको स्थानीयले बताएका छन् । 
 

सम्बन्धित समाचार

चर्चित निर्वाचन क्षेत्र : पाल्पा-२ मा पूर्वसांसदबीच कडा प्रतिस्पर्धा

पाल्पा । पाल्पा निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा दुई पूर्वसांसदबीच कडा प्रतिस्पर्धा हुने भएको छ ।  प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेपाली काँग्रेसका हरिप्रसाद नेपाल र नेकपा एमालेका सोमप्रसाद पाण्डेयबीच

व्यावसायिक तरकारीखेती गरेसँगै पाल्पाका किसानको आम्दानी बढ्यो

पाल्पा । परम्परागत अन्नबाली उत्पादन गर्न छोडेर व्यावसायिक रुपमा तरकारीखेती गर्न थालेपछि किसानको आम्दानी बढेको छ । मकैखेती छोडेर व्यावसायिक रुपमा तरकारीखेती गर्न थालेपछि गाउँमा उत्पादित वस्तुको बाहिरी जिल्ला निर्यात

बुटवल-तानसेन सडकमा १० बर्षमा ६६ जनाले ज्यान गुमाए, विकल्प खोज्न माग

रुपन्देही । दुर्घटनाग्रस्त बुटवल-तानसेन सडकको विकल्प खोज्न सरोकारवालाहरुले माग गरेकाछन् ।  सरकारले सिद्धबावा क्षेत्रमा दुर्घटनाबाट भएको मानव मृत्युलाई वेवास्ता गरिरहेको भन्दै वक्ताहरुले छिटै विकल्प खोज्नुपर्ने बताए । सुरक्षित यात्रा अभियानले शनिवार

पाल्पा-बुटवल सडक स्तरोन्नती नहुँदा यात्रुलाई सास्ती

रामपुर, पाल्पा । पाल्पा बुटवल सडकखण्डको स्तरोन्नति हुन नसक्दा वर्षेनी यात्रु र गाडी चालकले ठुलो सास्ती खेप्नु परेको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने यस सडकखण्डमा जोखिमपूर्ण रुपमा यात्रा गर्न यात्रु बाध्य भएका छन्