• २०८१ बैशाख १२ बुधबार

दुई आत्मघाती गोलले बार्सिलोना विजयी, सयौ खेलमा स्वरेजले गरे गोल 

kharibot

काठमाडौँ । स्पेनिस ला लिगामा बार्सिलोनाले गिरोनालाई पराजित गरेको छ । 

गएराती भएको खेलमा बार्सिलोनाले दुई आत्मघाती गोल र लुइस स्वरेजको गोलबाट गिरोनमाथि ३-० को जित हासिल गरेको छ । यो जितसंगै बार्सिलोनाले ला लिगामा खेलेका ६ वटै खेलमा जित हासिल गरेको छ । 

बार्सिलोनाका लागि लुइस स्वरेजले सयौ खेल खेल्दै बार्सिलोनाका लागि खेलको तेस्रो गोल गरेका थिए ।  स्वरेजले ला लिगमा खेलेका एक सय खेलमा ८७ गोल गरेका छन् ।
यस सिजनमा बार्सिलोनाका लागि लियोनेल मेसीले ९ गोल गरेका छन् भने बार्सिलोनाको पक्षमा आत्मघाती गोल ३ भएको छ ।

त्यस्तै गएराती नै भएको खेलमा रियल म्याड्रिडले डिपोर्टिभो अल्भिजलाई २-१ गोल अन्तरले पराजित गरेको छ । रियलको जितमा डानी सेल्बालोसले दुई गोल गरेका थिए । 

शनिबारको खेलपछि बार्सिलोना ६ खेलमा ६ खेल नै जित्दै १८ अंक सहित लिगको शिर्ष स्थानमा रहेको छ भने रियल म्याड्रिड ६ खेलमा ३ जित, २ बराबरी र एक हार सहित ११ अंकसहित लिगको चौथो स्थानमा रहेको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै