• २०८१ बैशाख ७ शुक्रबार

शारीरिक सम्भोग किन आवश्यक छ ? संसारमा सर्वप्रथम कुन जीवले सम्भोग गर्‍यो ? 

kharibot

फाइल तस्विर

हरेक जीवले आफ्नो नश्ल अगाडि बढाउने यो प्रकृतिकै नियम हो । प्रायः जीवहरु यसकै लागि शारीरिक सम्भोग गर्ने गर्छन् । तर जिज्ञासाको कुराचाहिँ आखिर जीवहरु शारीरिक सम्भोग किन गर्छन्, यो किन एकदमै आवश्यक कुरा हो ? 

वर्षौँदेखि वैज्ञानिकहरु यसकै उत्तर खोज्ने कोसिसमा जुटेका छन् । मानव विकास सिद्धान्त दिनेवाला वैज्ञानिक चाल्र्स डार्बिन पनि यसलाई लिएर दुविधामा थिए । यसको उदाहरण प्रकृतिसँग मिल्ने केही जीवहरुको उदाहरण छ । 

फूल

दुनियाँमा धेरै प्रजाति यस्ता छन्, जसको मनमा हरक्षण यौन सम्बन्ध राखिराख्ने भूत सवार हुने गर्छ । अस्ट्रेलियामा पाइनेवाला बावरबर्डलाई चराले आफ्नी सखीलाई रिझाउन ठूला ठूला गुँड बनाउँछ । त्यस्तै पोथी चराले पनि भाले चरा आकर्षित गर्न सोही किसिमको व्यवहार गर्छ । फूलमा जुन वासना हुन्छ, त्यो किरालाई खुसी पार्नको लागि हुन्छ । फूलको कोसिस भनेको कीरा आएर पराग तोडिदेओस् अनि अर्को फूलमा राखिदेओस्, ता कि त्यहाँ पुनः उम्रिने मौका मिलोस् । भगवान्ले जबसम्म जीवको यौनसम्बन्ध राख्नेबारे सलाहियत पैदा गरेका थिएनन्, तबसम्म यसविनै नयाँ नश्ल उत्पन्न हुन्थ्यो । 

पु.—स्त्रीसम्बन्ध 

एउटै कोशले पनि दुई भागमा बाँडिएर अलग अलग जीवजसरी उत्पन्न हुने गर्छन् । ब्याक्टेरिया त यही तरिकाबाट आफ्नो संख्या वृद्धि गर्छ । यौन सम्बन्धको यो सजिलो तरिका पनि मानिन्छ ।

यौन सम्बन्ध बनाउन साथी खोज्ने काम त्यति आवश्यक हुँदैन । जब कि यौन सम्बन्धबाट प्रजननमा पुरुष र स्त्री दुवैको अण्डज उर्वर हुन आवश्यक भने छ । यदि कुनै एकको कम हुन्छ भने त्यसमा प्रजननकार्य नै हुनसक्दैन । जब यौनसम्बन्ध विना नै सन्तान सम्भव हुन्थ्यो भने त शारीरिक सम्बन्ध यति महत्वपूर्ण र आवश्यक नै हुँदैनथ्यो । 

प्रजनन क्षमता 

१८८६ मा जर्मनीका जीव वैज्ञानिक अगस्ट वाइजम्यानले भनेका थिए कि यौन सम्बन्धले एउटै प्रजातिका दुई अलग अलग जीवलाई प्रजननको लागि आफ्नो क्षमता साटासाट गर्ने मौका दिन्छ । यौन सम्बन्धबाट जन्मिने वंशजमा आफ्नो आमाबुबाको सबैभन्दा राम्रो जीन आउँछ, जो परिवर्तित परिवेशसँग जुध्नलायक हुन्छ । जबकि विना यौन सम्बन्धबाट पैदा हुने प्राणीमा यो सम्भव हुँदैन । यौन सम्बन्धबाट संख्या पनि चाँडै बढाउन सकिन्छ । धेरै अध्ययनहरुका अनुसार यदि वातावरणमा बलात् परिवर्तन आयो भने वा कुनै ग्रह, तारा पृथ्वीसँग ठोक्कियो भने पनि प्रजननमा परिवर्तन आउनसक्छ । 

शारीरिक सम्बन्धविना ...

हुनसक्छ कि अहिलेसम्म जुन जीव विना यौनसम्बन्ध आफ्नो नश्ल अगाडि बढाइरहेको छ भने पनि उसले पनि शारीरिक सम्बन्ध राख्न सुरु गरिसकेको छ । दुनियाँमा जीवहरुको अस्तित्व नै यौनसम्बन्धबाट भएको छ । तर वर्तमान अवस्थामा पनि हामी धेरै यस्ता जीव देख्छौँ जो शारीरिक सम्भोगसँगै त्यसबाहेक पनि प्रजनन गर्दछन् । स्टारफिस यसको उदाहरण हो । तर प्रजननको लागि जुन तरिका यिनीहरु अपनाउँछन्, धेरै हदसम्म यिनीहरुको नजिकको वातावरणले निर्भर गर्दछ । दुनियाँ जुन समय अस्तित्वमा आइरहेको थियो यहाँको अवस्था पनि द्रुतगतिमा बदलिइरहेको थियो । जीनको लागि माहोल नै थिएन । यस्तो अवस्थामा प्रजातिहरुले आफ्नो नश्ल अगाडि बढाउन सजिलो तरिका चुने । 

जीवाश्मको मेल 

पछि जसरी जीवको विकास भयो, त्यसरी नै उनीहरुको प्रजननको तरिका पनि बदलिँदै गयो । यद्यपि पृथ्वीमा कहिलेदेखि शारीरिक सम्बन्ध राख्न सुरु भयो, कुन जीवले यसको सुरुवात गर्यो भन्नेबारे वैज्ञानिकहरु पनि अनभिज्ञ नै छन् । यसबारे अनुमान मात्रै लगाइँदै आएको छ । एक रिसर्चका अनुसार चट्टानमा पाइने जीवाश्मबाट यौनसम्बन्धको सुरुवातबारे जानकारी मिल्नसक्ने वैज्ञानिकको दाबी छ । तर पृथ्वीमा जीवाश्म पाउन नै मुस्किल भइसकेको छ । किनभने जीवाश्मको संख्या निकै कम छ । 

साथीको खोजी 

अमेरिकाको मिसिगन स्टेट युनिभर्सिटीका प्राध्यापक क्रिस आडमले शारीरिक सम्भोग प्राकृतिक विपत्तिसँग जुध्नका लागि हो । यसको माध्यमद्वारा यस्तो शिक्षा एउटा पिँढीबाट अर्को पिँढीमा जान्छ भने उनका अनुसार कसरी चुनौतीबाट बच्ने र कुन माध्यमबाट आफ्नो नश्ल बढाउँदै जाने भन्ने ज्ञान जीवहरुको डीएनएमा हुन्छ । 

यो जानकारी सम्भोगको माध्यमद्वारा आउने पिँढीसम्म पुग्छ । यो जानकारी जीनमा जम्मा हुन्छ र योनसम्बन्धको माध्यमबाट यो काम झन् सजिलो हुनजान्छ । सम्भोगका लागि यस्तो साथीको खोजी गरिन्छ, जोसँग राम्रो सन्तान पैदा गर्न सकिन्छ । 

पुरुषको आवश्यकता 

यो चुन्ने काम केवल यौन सम्बन्ध बनाउनका लागि मात्रै नभएर हरेक जीव आफ्नो जानकारी अर्को पिँढीसम्म पुर्याउन चाहन्छ भन्नका लागि हो । त्यसकारण नै स्त्री र पुरुष मिलेपछि मात्रै सन्तान सृष्टि हुने गर्छ । नभए त स्त्रीले मात्रै सन्तान जन्माउन सक्ने थियो भने पुरुषको के नै काम हुन्थ्यो र ? 

चाल्र्स डार्बिनका अनुसार स्त्रीले पुरुषलाई उसको खुबीका आधारमा छान्ने गर्छन् । स्त्रीले आफुएल रोजेको पुरुषसँग सम्बन्ध बनाउछे र समाजमा आनुवंशिक सन्तुलन बनाइराख्ने काम भइराखेको छ  ।

डार्बिनको किताब 

यही कारण राम्रो गुणवाला जीन अर्को पिँढीमा जान्छ । सम्भोग किन जरुरी हुन्छ भन्ने त थाहा भयो तर यसको सुरु कहाँबाट भएको थियो भन्ने अझै पत्ता लाग्न बाँकी नै छ । केही जानकार भन्छन्, मान्छेको जन्म बाँदरबाट भएको हो । बाँदरको जन्म प्राचीन जीवबाट भएको थियो । यो कुराको जिकीर डार्बिनले पनि १८७१ मा आफ्नो किताबमा गरेका थिए । तर पृथ्वीमा कुन जीव थियो जसले सर्वप्रथम सम्भोग गरेको थियो त ? वैज्ञानकहरुका अनुसार माइक्रोब्याक्रियस डिकी नामको आदिम माछाले नै सबैभन्दा पहिले सम्भोग गरेको थियो । यो माछाको जीवाश्म स्कटल्याण्डमा पाइएको थियो । 

अनुसन्धानको बाटो 

३८.५ करोड वर्षपहिले यो माछा पुरानो चट्टानको बीचमा पाइएको थियो । यो एक पोथी माछा थियो र यसको छोटा छोटा पखेटा थिए । वैज्ञानकहरुका अनुसार यही साना पखेटा प्रयोग गरेर यो माछाले पुरुष माछासँग यौनसम्बन्ध राख्ने गथ्र्यो । अहिलेसम्म मिलेको जीवाश्ममा केवल यही माछा नै हड्डीवाला एउटा मात्रै जीव थियो । 

यसले मानिसले जस्तै भ्रूणलाई आफ्नो शरीरभित्र राख्थ्यो । यद्यपि कैयौँ वैज्ञानिक यस तर्क मान्दैनन् । किनभने आज माछा अण्डाद्वारा बच्चा जन्माउँछ । यसकारण यो कुरा सजिलै मान्न सकिँदैन । तर योचाहिँ सत्य हो कि माछाको यो जीवाश्मले प्रजातिहरुको प्रजननबारे अध्ययन अनुसन्धान गर्न भने सजिलो पारिदिएको थियो । 

घाँसका प्रकार 

जीवाश्मको रेकर्डबाट सबैभन्दा पहिले यौनसम्बन्ध एक प्रकारको समुद्री घाँसमा बनेको थियो । जसलाई एल्गी(काई) भन्ने गरिन्छ । यसको सबुद आर्कटिक क्यानडाको चट्टानमा पाइन्छ । यो चट्टान करिब १.२ अर्ब वर्षपहिले पानीभित्र हुन्थ्यो । यो घाँसबाट दुई प्रकारका कोश निस्किन्थ्यो । 

एउटा पुरुष कोश र अर्को स्त्री कोश । यो नै पहिलो जीव थियो जसमा पुरुष र स्त्रीको फरक आयो । आज हामीसामु उक्त घाँसको धेरै प्रकार पाउनसकिन्छ । यो घाँस आज पनि पहिले जस्तै रहेको छ । यसलाई हामी जीवित जीवाश्म पनि भन्न सक्छाँै । 

आगामी बाटो 

चट्टानमा मिल्ने यो जीवाश्म जिन्दगीको अस्तित्वमा आउनेबारे अगाडि बढाउन उपयोगी हुनसक्छ । यो चट्टानको इतिहास सम्झिएपछि वैज्ञानिकहरुले कसरी बहुकोशीय जनावरहरु अस्तित्वमा आए भन्नेतिर लागेका छन् । लगातारको अनुसन्धानपछि यौनसम्बन्धबारे सुरुवात, कहिले, कहाँ र कोबाट भन्ने कुरा आज पनि चासोको विषय बनेको छ । फरक फरक अनुमान लगाए पनि एकीन कुरा भने केही भन्न सकिन्न । 

बीबीसी हिन्दीबाट अनुदित ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै