• २०८१ बैशाख १४ शुक्रबार

अनुगमन गर्न गएका राज्यमन्त्रीमाथि व्यवसायीको आक्रमण 

kharibot

आपूर्ति राज्यमन्त्री कर्णबहादुर विक

कैलाली । बजार अनुगमनका क्रममा टीकापुर पुगेका आपूर्ति राज्यमन्त्री कर्णबहादुर विकमाथि टीकापुरका व्यवसायीहरुले आक्रमण गरेका छन् ।

शनिबार टीकापुर बजार अनुगमन गर्ने क्रममा अनुगमनको विरोध गर्दै व्यवसायीहरुले आक्रमण गरेका हुन् । व्यवसायीहरुको आक्रमणबाट राज्यमन्त्री चढेको गाडीको सिसा फुटेको छ र भने गाडीमा लगाएको झण्डा पनि व्यवसायीहरुले च्यातिदिएका छन् । बजारमा आक्रमणको प्रयास भएपछि प्रहरीले राज्यमन्त्री बिकलाई स्थानीय होटेलमा राखिएको छ ।

होटेलमै पुगेका व्यवसायीहरुले राज्यमन्त्री चढेको बा १ झ ९६९९ गाडीको सिसा फुटाई दिएका छन् । राज्यमन्त्रीको नेतृत्वमा गएको अनुगमन टोलीले उपभोक्तालाई ठगेको भन्दै एकै ठाउँमा रहेका बलायर किराना पसल र अमृत गौतम किराना पसलमा शील गर्न लागेपछि व्यापारी आक्रमणमा उत्रिएका इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

घटनापछि टीकापुर बजार तनावग्रस्त बनेको थियो । राज्यमन्त्री बिक शनिबार टीकापुरकै सिद्धार्थ होटेलमा बसेका छन् ।

प्रहरीकै अगाडि दिउँसोको आक्रमणको प्रयास भए पनि कसैलाई पनि पक्राउ गरेर मुद्दा चलाइएको छैन । प्रमुख जिल्ला अधिकारी रिजालले भने घटनामा संलग्नको खोजी भईरहेको बताएका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै