• २०८१ बैशाख ८ शनिबार

लन्डन डर्बीमा टोटनह्यामले वेस्टह्यामलाई हरायो, ह्यारी केनले गरे दुई गोल 

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा टोटनह्यामले वेस्टह्याम युनाइटेडलाई पराजित गरेको छ ।

लन्डन डर्बीमा भएको प्रतिष्पर्धात्मक खेलमा टोटनह्यामले वेस्टह्यामलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

खेलमा टोटनह्यामका ह्यारी केनले दुई गोल गरेका छन् । यस खेलमा गरेको दुई गोल सँगै केनले यस सिजनमा ६ खेलमा कुल ७ गोल गरेका छन् । उनले खेलको ३४औ र ३८औ मिनेटमा गोल गरेका थिए । टोटनह्यामकाल आगी तेस्रो गोल इरिक्सनले गरेका थिए । 

त्यस्तै वेस्टह्याम भने खेलको ६५औ मिनेटमा जाभियर हर्नानडेजको गोलबाट खेलमा फर्किने प्रयास गरेको थियो । खेलको अन्तिम तिर टोटनह्यामलाई दबाबमा राख्दै खेलको ८७औ

मिनेटमा वेस्टह्यामक कोयटेले गोल गर्दै खेलमा पुनरागमनको प्रयास गरेपनि त्यसपछि कुनै गोल गर्न नसक्दा खेल टोटनह्यामले जितेको थियो । खेलको ७०औ मिनेटमा टोटनह्यामका सर्ज औरियरले दोहोरो पहेलो कार्ड पाएर मैदान छोडेपछि टोटनह्याम १० खेलाडीमा सिमित भएको थियो ।

यो जितपछि टोटनह्याम ६ खेलमा ११ अंक सहित लिगको तेस्रो स्थानमा उक्लिएको छ भने वेस्टह्यामको ६ खेलमा केबल ४ अंक रहेको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै