• २०८१ बैशाख ५ बुधबार

नेइमार पिएसजीका लागि मेडिकल गर्न पोर्टोमा 

kharibot

नेइमार

ब्राजिलियन फुटबल खेलाडी नेइमार रेकर्ड सम्झौता सहित फ्रान्सको पेरिस सेन्ट जर्मन क्लबसँग सम्झौता गर्ने चरणमा रहेका छन् ।  

बार्सिलोनामा आफ्ना सहकर्मी साथीहरुलाई बिदाई भेट गरेपछि नेइमार पिएसजीका लागि मेडिकल गर्न पोर्चुगलको शहर पोर्टो पुगेका छन् । पिएसजीका निर्देशकसँग निजी विमानमा पोर्टो पुगेका नेइमारले मेडिकल पछि पिएसजीसँग सम्झौता गरें बताइएको छ ।

नेइमारलाई भित्र्याउन पिएसजीले लगभग ३९८ मिलियन पाउण्ड खर्च गरेको डेलीमेलले उल्लेख गरेको छ । नेइमारलाई किन्न पिएसजीले बार्सिलोनाको १९८ मिलियन पाउण्डको बाइ-आउट क्लज अनुसार नै पैसा तिर्न लागेको बताइएको छ । यस पछि नेइमार विश्वकै सबै भन्दा महंगा खेलाडी हुने छन् । यस अघि म्यानचेस्टर युनाइटेडले युभेन्टसबाट फ्रेन्च मिड फिल्डर पाउल पोग्वालाई किन्दा १०५ मिलियन पाउण्ड खर्च गरेको थियो । साथै नेइमारले पिएसजीमा प्रति साता ५ लाख ९६ हजार पाउण्ड कमाइ गर्ने बताइएको छ । नेइमारले पिएसजीसँग आगामी पाँच बर्षका लागि सम्झौता गर्न लागेका छन् ।  

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै