नेइमार पिएसजीका लागि मेडिकल गर्न पोर्टोमा 

खरीबोट

नेइमार

ब्राजिलियन फुटबल खेलाडी नेइमार रेकर्ड सम्झौता सहित फ्रान्सको पेरिस सेन्ट जर्मन क्लबसँग सम्झौता गर्ने चरणमा रहेका छन् ।  

बार्सिलोनामा आफ्ना सहकर्मी साथीहरुलाई बिदाई भेट गरेपछि नेइमार पिएसजीका लागि मेडिकल गर्न पोर्चुगलको शहर पोर्टो पुगेका छन् । पिएसजीका निर्देशकसँग निजी विमानमा पोर्टो पुगेका नेइमारले मेडिकल पछि पिएसजीसँग सम्झौता गरें बताइएको छ ।

नेइमारलाई भित्र्याउन पिएसजीले लगभग ३९८ मिलियन पाउण्ड खर्च गरेको डेलीमेलले उल्लेख गरेको छ । नेइमारलाई किन्न पिएसजीले बार्सिलोनाको १९८ मिलियन पाउण्डको बाइ-आउट क्लज अनुसार नै पैसा तिर्न लागेको बताइएको छ । यस पछि नेइमार विश्वकै सबै भन्दा महंगा खेलाडी हुने छन् । यस अघि म्यानचेस्टर युनाइटेडले युभेन्टसबाट फ्रेन्च मिड फिल्डर पाउल पोग्वालाई किन्दा १०५ मिलियन पाउण्ड खर्च गरेको थियो । साथै नेइमारले पिएसजीमा प्रति साता ५ लाख ९६ हजार पाउण्ड कमाइ गर्ने बताइएको छ । नेइमारले पिएसजीसँग आगामी पाँच बर्षका लागि सम्झौता गर्न लागेका छन् ।  

 

सम्बन्धित समाचार

नेइमारको रेकर्ड ट्रान्सफर रकमसहित बार्सिलोना छोड्ने तयारी

काठमाडौँ,  बार्सिलोनाका ब्राजिलियन फरवार्ड नेइमारले रेकर्ड ट्रान्सफर बार्सिलोना छोड्ने अन्तिम तयारी गरेका छन् । नेइमार फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मा अनुबन्ध हुन लागेको र त्यसका लागि सम्झौता अन्तिम चरणमा पुगेको

प्रि-सिजन एल क्लासिकोमा बार्सिलोना विजयी

काठमाडौँ, नयाँ सिजन सुरु हुनुभन्दा अगाडी भएको एल क्लासिकोमा बार्सिलोना विजयी भएको छ । प्रि–सिजन भ्रमण अन्तर्गत स्पेनिस दुई महारथी रियल मड्रिड र बार्सिलोनाबीच नेपाली समय अनुसार आइतबार बिहान अमेरिकामा भएको

नेइमारले बार्सिलोनालाई क्लब छोड्न लागेको जानकारी दिए 

काठमाडौँ, बार्सिलोनाले आफ्ना खेलाडी नेइमारले क्लब छोड्न चाहेको आधिकारिक रुपमा जानकारी दिएको छ । नेइमार, उनका पिता र उनका एजेन्टले बार्सिलोना क्लबमा भएको भेटघाटमा क्लब छोड्न चाहेको बताएको बार्सिलोनाले जारी गरेको

मेसीले नेइमारलाई नयाँ जीवनको शुभकामना भन्दै लेखे विदाई सन्देश

काठमाडौँ, बार्सिलोनाला अर्जेन्टिनी स्टार लियोनेल मेसीले बार्सिलोना छोड्न लागेका आफ्ना ब्राजिलियन साथी नेईमारलाई नयाँ यात्राको लागि शुभकामना दिएका छन् । मेसीले नेइमारसँगको आफ्ना तस्विरको एक भिडियो जारी गर्दै नेइमारलाई फ्रान्सको