• २०८१ बैशाख ८ शनिबार

गुल्मीमा बोलेरो जिप दुर्घटना एकको मृत्यु

kharibot

गुल्मी ।  गुल्मीमा जिप दुर्घटना हुँदा शनिबार एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा रेसुङ्गा नगरपालिका–३ निवासी ३६ वर्षीय बाबुराम पन्थी रहेका छन् । गुल्मीको गौँडाकोटबाट तम्घास आउँदै गरेको बा११च ८८०३ नंको बोलेरो जिप रेसुङ्गा नगरपालिका–१३ स्थित भंगारी भन्ने स्थानमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । 

दुर्घटनामा परी जिपका चालक इस्मा गाउँपालिका–२ निवासी ३४ वर्षीय डम्मर कुँवर घाइते भएका छन् । घाइते चालकको जिल्ला अस्पताल तम्घासमा उपचार भइरहेको छ । 

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय गुल्मी र सशस्त्र प्रहरीले उद्धार गरेका थिए । दुर्घटना भएको उक्त जिप सडकबाट करिब २०० मिटरभन्दा तल खसेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै