• २०८१ बैशाख ८ शनिबार

मेक्सिकोमा भूकम्पबाट मृत्युहुनेहरुको संख्या करिब तीन सय

kharibot

मेक्सिको सिटी  । मेक्सिकोमा गत मङ्गलबार राति गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेहरुको संख्या करिब तीन सय पुगेको छ । 

राष्ट्रिय नागरिक प्रवद्र्धन निकायले ७.१ म्याग्निच्युडको भूकम्पमा परी अहिले सम्म मृत्यु हुनेहरुको संख्या २९३ पुगेको शुक्रबार जनाएको छ । 

यस भूकम्पमा मारिएका व्यक्तिहरु आधा भन्दा धेरै अर्थात् १५५ जनाको राजधानी मेक्सिको सिटी रहेका छन् । 

त्यस बाहेक बाँकीको अन्य राज्यहरुमा रहेका छन् । मोरेलोसमा ७३, पुएब्लामा ४५ र म्याक्सीको राज्यमा १३ जनाको मृत्यु भएको छ भने गुएर्रेरोमा ६ जना र ओक्कामा एक जनाको मृत्यु भएको छ । 

खोजी तथा उद्धार कार्यमा संलग्नहरुले अव कसैलाई पनि जिवितै उद्धार गर्न पाइने संभावना न्युन रहेको बताएका छन् । 

यस भूकम्पका कारण मेक्सिको सहरमा मात्र अझै २०० भन्दा बढी व्यक्ति हराईरहेका बताइएको छ । 

राजधानी र अरु कैयौँ सहरमा भूकम्पको कारण भत्किएका भवनको भग्नावशेषहरु हटाउन उद्वारकर्ताहरु लागिपरेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै