• २०८१ बैशाख १३ बिहीबार

उपभोक्ता मुल्य वृद्धि घट्यो, काठमाडौं उपत्यकामा मुल्य वृद्धि सबैभन्दा कम

kharibot

नेपालीका महानचाड पर्वहरु नजिकिदैँ गर्दा बजारमा दैनिक उपभोग्य बस्तुहरुको मुल्य वृद्धि भएका तथ्यहरु बाहिर आइरहँदा नेपाल राष्ट्र बैंकको एक तथ्यांकले भने मुल्य वृद्धि (मुद्रास्फीती)मा कमी आएको देखाएको छ ।

गत असार महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २ दशमलब ७ प्रतिशत रहेकोमा साउन महिनामा केही न्यून भई वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २ दशमलब ३ प्रतिशत कायम भएको छ । गत वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ८ दशमलब ६ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

पहिलो महिनाको समष्टिगत आर्थिक तथा वित्तीय परिदृश्य शुक्रबार सार्वजनिक गर्दै केन्द्रीय बैंकले गत वर्षको तुलनामा चालू आर्थिक वर्ष २०७४/७५ को पहिलो महिनाको मुल्य वृद्धि कम भएको बताएको हो । समीक्षा अवधिमा खाद्य मुद्रास्फीति १ प्रतिशतले ऋणात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खाद्य मुद्रास्फीति ९ दशमलब ३ प्रतिशत रहेको थियो ।

यस समूह अन्तर्गतको दलहन तथा गेडागुडीको मूल्यमा २३ दशमलब ३ प्रतिशत, तरकारीको मूल्यमा ११ दशमलब ७ प्रतिशत, मसलाको मूल्यमा ३ दशमलब ५ प्रतिशत र  फलफूलको मूल्यमा १ दशमलब ४ प्रतिशतले कमी आएको छ । जसले गर्दा खाद्य मुद्रास्फीति ऋणात्मक रहन गएको तथ्यांकमा उल्लेख गरिएको छ ।

 

काठमाडौं उपत्यकामा मुल्य वृद्धि सबैभन्दा कम

केन्द्रीय बैंकको विश्लेषणअनुसार सबैभन्दा कम मुल्य वृद्धि काठमाडौं उपत्यकामा देखिएको छ । केन्द्रीय बैंकले गरेको क्षेत्रगत आधारको विश्लेषण हेर्दा काठमाडौं उपत्यकामा गत वर्षको पहिलो महिनाको मुल्य वृद्धि १ दशमलब ३ प्रतिशतमा झरेको छ । गत वर्ष काठमाडौं उपत्यकामा खाद्य वस्तुहरुको मुल्य वृद्धि ७ प्रतिशत रहेको थियो ।

उक्त तथ्यांकका अनुसार समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीति हिमालमा ५ दशमलब ६ प्रतिशत, तराईमा २ दशमलब ८ प्रतिशत, पहाडमा २ दशमलब २ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा मूल्य वृद्धिदर हिमालमा ७ दशमलब १ प्रतिशत, तराईमा ८ दशमलब ५ प्रतिशत, पहाडमा १० दशमलब ९ प्रतिशत रहेको थियो ।

 खाद्य वस्तुको विवरण  

  २०७३/७४ (मुल्य वृद्धि प्रतिशतमा)   

 २०७४/७५ (मुल्य वृद्धि प्रतिशतमा)

 खाद्य (मुद्रास्फिती)    

 ९.३

  १.०

 चिनी तथा चिनीजन्य पदार्थ   

१९.५

 ५.३

 दलहन तथा गेडागुडी

 १८.७

 २३.३

 तरकारी

 १७.९

 ११.७

 फलफूल 

 १७.५

 १.४

 मदिराजन्य पेय पदार्थ 

 १३.४

 ८.३

 मसला

 १३.३

 ३.५

 होटल तथा रेष्टुरेण्ट 

 १०.१!

 ५.०

स्रोत : नेपाल राष्ट्र बैंक

(नोट : यो मुल्य सुची गत वर्षको तुलनामा चालु आवको पहिलो महिनाको मुल्य वृद्धिको सुची हो )

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै