• २०८१ बैशाख ७ शुक्रबार

सिद्धबाबामा खसेको धुले पहिरोले ट्रक र कार पुर्यो, ३ जनाको घटनास्थमै मृत्यु 

kharibot

तस्बिर : चन्द्रकान्त खनाल

बुटवल, सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको तिनाउ गाउँपालिका वडा नं ३ स्थित तिनाउ जलविद्युत्को ड्याम नजिकै आज बिहान पहाडमाथिबाट खसेको ढुंगे पहिरोले गुडिरहेका ट्रक र कारलाई च्याप्दा तीनजनाको ज्यान गएको छ ।

राजमार्गमाथिको पहाडबाट खसेको ढुंगे पहिरोले पाल्पाबाट बुटवल आउँदै गरेको ना३ख ६१९२ नंको ट्रक र लु१च ७९९४ नंको मारुती अल्टो कारलाई पुरेको थियो ।
पाल्पा सिद्धबाबा मन्दिरबाट करिब ५०० मिटर उत्तर दोभानमा माथिबाट खसेको ढुंगे पहिरोमा ती सवारी साधन च्यापिएर तीनमा सवार तीनजनाको ज्यान गएको हो । पहिरोले च्यापिएर कारमा सवार दुईजनाको र ट्रकका चालकको ज्यान गएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

मृत्यु हुनेमा ट्रक चालक तिनाउ गाउँपालिका–४ का माधव राना, कारमा सवार गुल्मी रुरु गाउँपालिका काउलेका तीलकराम भण्डारी र बलेटक्सार–४ गुल्मीका यमलाल ज्ञवाली रहेको प्रहरीले जनाएको छ । ट्रक चालक राना र कारमा सवार भण्डारीको घटनास्थलमा र कारमा सवार अर्का ज्ञवालीको लुम्बिनी अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

कारमा सवार भण्डारीकी श्रीमती राधिका सामान्य घाइते भएकी छन् । कारमा तीनजना र ट्रकमा एकजना सवार थिए । दुर्घटनाका कारण बिहानदेखि सडक अवरुद्ध हुँदा बुटवलबाट पाल्पा, गुल्मी, स्याङ्जा हुँदै पोखरा जाने र बुटवल फर्कने सवारी रोकिएका थिए ।

प्रहरीले डोजर लगाएर अवरुद्ध सडक दुवैतर्फ खुलाएको छ । हरेक वर्ष यस राजमार्गखण्डमा यस्तै पहिरो जाँदा धेरैको ज्यान गएको छ भने सो सडक हुँदै आवजजावत गर्ने यात्रुले सास्ती व्यहोर्नु परेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै