एथ्लेटिको मड्रिडले जित्यो प्रि-सिजनको आउडी कप 

खरीबोट

स्पेनिस ला लिगा क्लब एथ्लेटिको मड्रिडले जर्मनीमा भएको प्रि–सिजन भ्रमण अन्तर्गतको आउडी कप फुटबलको उपाधि जितेको छ । बुधबार राति भएको खेलमा इंग्लिस प्रिमियर लिग क्लब लिभरपुललाई टाइब्रेकरमा हराउँदै एथ्लेटिको मड्रिडले उपाधि जितेको हो । निर्धारित समयको खेलमा १–१ को बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो ।

निर्धारित समयका लिभरपुलका लागि रोबर्टो फिरमिनो र एथ्लेटिकोका लागि केइडी बारेले गोल गरे । टाइब्रेकरमा लिभरपुलका कप्तान जोर्डन हेन्डरसनको प्रहार गोलमा परिणत हुन नसक्नु घातक बन्यो । लिभरपुल जर्मन क्लब बार्यन म्युनिखलाई हराएर फाइनलमा पुगेको थियो । तर फाइनलमा इटालीय क्लब नापोलीलाई हराएर आएको एथ्लेटिकोसँग निरास बन्नु पर्‍यो ।

आउडी कपको यो पाँचौं संस्करण हो । विभिन्न देशका फुटबल एसोसिएसनसँग सम्बन्धित चार क्लबबिच दुई दिन जर्मनीको म्युनिखमा हुने यो प्रि–सिजन फुटबल प्रतियोगिता हो । यसलाई प्रतियोगिता भन्दा पनि मैत्रीपूर्ण खेलको रुपमा लिने गरिएको छ । 

सम्बन्धित समाचार

एथ्लेटिको मड्रिडले जित्यो प्रि-सिजनको आउडी कप 

स्पेनिस ला लिगा क्लब एथ्लेटिको मड्रिडले जर्मनीमा भएको प्रि–सिजन भ्रमण अन्तर्गतको आउडी कप फुटबलको उपाधि जितेको छ । बुधबार राति भएको खेलमा इंग्लिस प्रिमियर लिग क्लब लिभरपुललाई टाइब्रेकरमा हराउँदै एथ्लेटिको मड्रिडले

अन्तिम मिनेटमा गोलगर्दै वाटफोर्डले लिभरपुललाई बराबरीमा रोक्यो

काठमाडौँ । इङलिस प्रिमियर लिग अन्तर्गत लिभरपुल र वाटफोर्डबीचको खेल बराबरीमा सकिएको छ । सिजनको पहिलो खेलमा लिभरपुलले खेलको अन्तिम मिनेटमा गोल खादै बराबरीमा चित्त बुझाएको छ भने वाटफोर्डले लिभरपुलसँग एक

मानेको गोलमा लिभरपुलको जित 

काठमाडौँ । ईङलिश प्रिमियर लिग अन्तर्गत शनिबारको खेलमा लिभरपुल विजयी भएको छ ।   लिभरपुलले क्रिस्टल प्यालेसलाई १-० गोल अन्तरले पराजित गरेको छ । खेलको एक मात्र गोल साडियो मानेले गरेका थिए

लिभरपुल च्याम्पियन्स लिगमा छनौट, ईङलिश क्लब को को खेल्दै छन् ? 

काठमाडौँ । ईङलिश क्लब लिभरपुलले च्याम्पियन्स लिगमा स्थान सुरक्षित गरेको छ । गएराती भएको खेलमा होफेनहेइमलाई ६-३ को समग्र नतिजा निकाल्दै लिभरपूल यस सिजनको च्याम्पियन्स लिगका लागि छनौट भएको हो ।