• २०८१ बैशाख ८ शनिबार

प्लेट टेक्टोनिक्स कम्तीमा पनि ३.५ बिलियन वर्ष पुरानो रहेको खुलासा

kharibot

जेनेभा / पृथ्वीको बाहिरी सतह कसरी बन्यो होला ? निर्माणको सुरुवाती अवस्थामा पृथ्वी कसरी जीवनको अनुकूल बन्दै गयो होला । यो रहस्यमय रहँदै आएको छ । यो पृथ्वीमा रहेका हामीले देख्न मिल्ने स्वरुपहरु चाहे त्यो जलभित्रको होस् वा जमिनका, ती सबै वैज्ञानिकका लागि रहस्यमय छन् । यस्तैमा वैज्ञानिकहरुले पृथ्वीको चट्टानी भागको विनिर्माण कहिले र कसरी भयो होला भनी पत्ता लगाउने कोसिस गरेका छन् ।

पृथ्वीकै उत्पत्तिका बेलादेखि नै प्लेट टेक्टोनिकको विकास पनि सुरु हुनथालेको विश्वास गरिएको छ । ग्रहको बाहिरी र ठूलो भाग कम्तीमा पनि ३ बिलियन वर्षअघि सुरु भएको विश्वास गरिएको हो । यसअघि उक्त टेक्टोनिक्स पाँच सय मिलियन वर्षअघिदेखि विकास भएको मानिँदै आएको थियो ।

शुक्रबार प्राप्त नयाँ अध्ययनले यस्तो खुलासा भएको हो । जेनेभा विश्वविद्यालयका निकोलास ग्रेबर र उनका समकक्षीहरुले यसअघिको तथ्यलाई गलत रहेको बताएका हुन् ।

यसअघि शेल्स (एक किसिमको विशेष चट्टान) मा रहेको सिलिकन डाइअक्साइडको केमिकलको विश्लेषण गरी ५०० मिलियन वर्षअघिको तथ्य प्रस्तुत गरिएको उनीहरुको भनाइ छ ।

यी चट्टानी सिलिकनडाइअक्साइडको संरचनाले रिसर्चरहरुलाई प्लेट टेक्टोनिक्सको परिणामका रुपमा सामुद्रिक चट्टानबाट अलग्गिएर महादेशीय चट्टानका रुपमा विकसित भएकोबारे जानकारी मिल्ने बताइएको छ ।

तर शेल्सको केमिकल बनावटलाई मौसमी प्रभाव परेर विनाशको बाटोमा पुर्याउने उनीहरुको कथन छ । ग्रेबरको टिमले दुई टिटानियम आइसोटोप्सको अनुपात र उही तत्वको दुई फरक विशेषताको रुपबारे नयाँ तरिका अपनाएको थियो ।

चट्टानमा रहेको टिटानियम आइसोटोप्सको अनुपात सिलिकन डाइअक्साइडमा फरकपनको रुपमा रहेको हुन्छ । उक्त टोलीका अनुसार महादेशीय चट्टान र प्लेट टेक्टोनिक्स ३.५ बिलियन वर्षअगाडि नै बलियो रहेका थिए ।

एजेन्सीबाट

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै