• २०८१ बैशाख १३ बिहीबार

बाराको सिम्रौनगढ नगरपालिकामा २० भोटले मेयरमा कांग्रेस विजयी 

kharibot

बारा । बारा जिल्लाको सिम्रौनगढ नगरपालिकामा झिनो मतअन्तरले कांग्रेसले मेयर पदमा जित हासिल गरेको छ । 

मेयर पदमा कांग्रेसका उम्मेदवार विजयशंकर यादव केबल २० मत अन्तरले विजयी भएका छन् । यादवले ५१३५ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्दी राजपाका उम्मेदवार कोशोरी प्रसाद जैसवालले ५११५ मत ल्याएका छन् ।

उपमेयरमा भने राजपाकी उम्मेदवार रिमा देवी विजयी भएकी छन् ।  उनले ५५१४ मत ल्याएकी छन् भने उनकी निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसकी रिता कुमारी देवीले ३८१७ मत ल्याएकी छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै