• २०८१ बैशाख ११ मंगलबार

एएफसी अन्डर १६ छनौट : नेपाल भारतसँग बराबरीमा, छनौट हुने सम्भावना अझै बाँकी 

kharibot

काठमाडौँ । एएफसी अन्डर १६ च्याम्पियनसिपको छनोट चरणअन्तर्गत समूह 'डी'को दोस्रो खेलमा नेपाल र भारतबीचको खेल २-२ गोलको बराबरीमा सकिएको छ ।

पहिलो हाफको समाप्तिसम्म दुवै तर्फबाट विना कुनै गोल सकिएको खेलमा दोस्रो हाफमा दुवै टिमले २-२ गोल गरेका थिए ।

नेपालका लागि खेलको ७६औ मिनेटमा बृजेश चौधरीले पहिलो गोल गरेका थिए भने भारतका लागि खेलको ८३औ मिनेटमा हरप्रितले गोल गरेर बराबरी गरेका थिए । त्यसपछि खेलको ८५औ मिनेटमा भारतका हरप्रितले नै गोल गर्दै खेलमा अग्रता लिएको थियो । त्यसको ३ मिनेटपछि नेपालका लागि बृजेशले नै गोल गर्दै नेपाललाई हारबाट बचाइएका थिए ।

नेपालले अर्को खेल आइतबार प्यालेस्टाइनसँग खेल्ने छ । नेपालको समुहमा इराकले दुई खेल जित्दै ६ अंक सहित शिर्ष स्थानमा रहेको छ भने भारत ४ अंक सहित दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै नेपाल २ खेलमा १ अंक सहित तेस्रो स्थानमा रहेको छ । यस समुहमा प्यालेस्टाइन दुवै खेलमा हारेर शुन्य अंक रहेको छ ।

नेपालको एएफसीको अन्डर १६ च्याम्पियनसिपमा छनौट हुने सम्भावना भने गणितीय रुममा अझै कायम नै रहेको छ । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै