• २०८१ बैशाख १३ बिहीबार

प्रबन्धनिर्देशक भएको एक वर्षमा टेलिकममा कामिनी राजभण्डारीले के-के गरिन् ?

kharibot

प्रबन्धनिर्देशक कामिनी राजभण्डारी

काठमाडौं / मुलुकमा आर्थिक उदारिकरणखुल्ला अर्थतन्त्रको अवलम्बनसंगै दूरसंचार क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी प्रोत्साहित गराई दूरसञ्चार सेवालाई भरपर्दो, सर्वसुलभ, नियमित र व्यवस्थित बनाउन दूरसंचार ऐन, २०५३ लागू भए पश्चात साविकको नेपाल दूरसंचार संस्थान मिति २०६० माघ २२ गते नेपाल दूरसंचार कम्पनी लिमिटेडको रुपमा स्थापना भएको हो। कम्पनीलाई दूरसंचार क्षेत्रमा देशकै अग्रणी सेवा प्रदायकको रुपमा स्थापित राख्‍ने परिकल्पना लिई देशका शहरी क्षेत्रदेखि अति विकट स्थानहरुमा सस्तो र भरपर्दो दूरसंचार सेवा उपलव्ध गराउने लक्ष्यका साथ कम्पनीको प्रवन्ध निर्देशक छनौट सम्बन्धि निर्देशिका अनुरुप मन्त्रिपरिषदको मिति २०७३/६/६ को निर्णयानुसार कम्पनीमा प्रथम पटक खुल्ला प्रतिस्पर्धाबाट ३ बर्षका लागि प्रवन्ध निर्देशक पदमा बहाली भएको स्मरण गराउन चाहन्छु। आज कम्पनीको प्रबन्ध निर्देशकको पदमा मेरो एक वर्षको कार्यकाल पूरा भएको छ ।

मेरो कार्यकालका लागि सफलताको कामना गर्नु हुने, सल्लाह र सुझाव दिनु हुने समस्त महानुभावहरुमा हृदयबाट आभार व्यक्त गर्न चाहन्छु ।  विश्‍वव्यापीरुपमा आज नविन प्रविधिको तीव्र विकास, एउटा प्रविधिबाट अर्को प्रविधिमा मार्केट शिफ्ट र निरन्तर बढ्दो प्रतिस्पर्धात्मक बजारको अवस्थामा कम्पनीले आफ्नो सेवा र सञ्‍जालको ब्यापक बिस्तार गरिरहेको छ। एकातर्फ कम्पनीले योजना / आयोजनाहरु कार्यान्वयन र करेक्टिभ तथा प्रिभेन्टिभ मर्मत संभार गर्दै अगाडि बढिरहेको छ भने अर्कोतर्फ गुणस्तरीय, भरपर्दो र सर्वसुलभ सेवा उपलव्ध गर्दै ग्राहकको चाहना, रुचिअनुरुपका सेवा विस्तारलाई पनि निरन्तर अगाडि बढाई रहेको छ।

मुलुकले खुला बजार नीति अबलम्बन गरे पश्चात दूरसञ्चार क्षेत्रमा तीव्र हुँदै गइरहेको प्रतिस्पर्धाको वातावरणलाई नेपाल टेलिकमले अवसरको रुपमा स्विकार गरेको छ । नेपाल सरकारको स्वामित्व भएको निकाय हुनाले कम्पनीले सरकारी निकायहरु सरह नै सबै ऐन कानुन, नीति नियमको परिधि भित्र रहेर नीजि स्वामित्वका कम्पनीहरुसंग प्रतिस्पर्धा गर्नु पर्ने वास्तविकता यहाँहरुलाई अवगत नै छ ।  यस एक वर्षको अवधिमा बाह्य समस्या तथा चुनौतीहरु विगतमा जस्तै रहेतापनि विभिन्न उपायहरु कार्यान्वयन गर्दै सेवा अवरुद्द हुन सक्ने अवधिलाई न्यूनिकरण गर्ने कार्य भएका छन्। काठमाडौ उपत्यकाका बिभिन्न स्थानहरुमा खानेपानी तथा सडक विस्तारका क्रममा अप्टिकल फाइबर, केबुल जस्ता दूरसंचार पूर्वाधारमा क्षति पुग्न नदिन सतर्कता अपनाउने गरिएको छ।यसका वावजुद खानेपानी तथा सडक विस्तारका क्रममा दूरसञ्चार सेवा अवरुद्द हुने क्रम कायमै रह्यो। यस्तो विषम अवस्थामा स-साना एक्सचेन्जहरु स्थापना गर्दै अवरुद्ध सेवाहरु तत्काल सुचारु गर्न तथा नयाँ केवुल तानेर पनि ग्राहकको सेवा सुचारु राख्‍न हरसम्भव उपायहरु अबलम्बन गरिएका छन्।

यसैगरी टावर तथा भवन निर्माणको लागि जग्गा तथा भवन भाडामा लिने प्रक्रियामा कठिनाई, भौगोलिक कारणले आयोजना स्थानमा प्राविधिक तथा उपकरणहरु ढुवानी गराउन कठिनाई भएतापनि कम्पनीले दूरसंचारको देशब्यापी पूर्वाधार विस्तार, पारदर्शी तथा सर्बसुलभ मूल्यलाई निरन्तरता दिई ग्राहक आधार अभिवृद्धि र जनस्तरमा भरपर्दो छबि बनाउन सफल भएको छ । आज एक वर्षको यस अवधिमा हासिल भएका उपलब्धिहरु यहाँहरुलाई अवगत गराउनु आफ्नो कर्तव्य हो भन्ने महसुस गरेको छु: 

सेवा वितरण तर्फ:

कम्पनीको एमआईएस प्रतिवेदनअनुसार २०७३ असार मसान्तसम्ममा कम्पनीको टेलिफोन ग्राहक आधार १ करोड ५० लाख १५ हजार २६ रहेकोमा २०७४ असार मसान्तसम्ममा १७.२३% ले वृद्दि भई कूल ग्राहक आधार १ करोड ७६ लाख २ हजार २०२ पुगेको छ । यसैगरी डाटा/इन्टरनेट ग्राहक आधारतर्फ २०७३ असार मसान्तसम्ममा ७६ लाख ७ हजार ५६९ रहेकोमा २०७४ असार मसान्तसम्ममा १०.७६% ले बृद्दि भई कूल डाटा/इन्टरनेट ग्राहक आधार ८४ लाख २५ हजार ८९४ पुगेको छ । साथै, कम्पनीको भ्वाइस सेवाको टेलिघनत्व ५३.७१% बाट वृद्धि भई ६२.१३ पुगेको छ भने डाटा सेवाको घनत्व २७.२१% बाट वृद्धि भई २९.७४% पुगेको छ।

आर्थिक उपलब्धितर्फ

आर्थिक वर्ष २०७२/७३ को अडिट विवरण तथा आ.ब. २०७३/७४ को अडिट नगरिएको  विवरणको तुलना गर्दा कम्पनीको कुल आम्दानी अघिल्लो वर्ष रु. ४४ अर्व २१ करोड रहेकोमा यस वर्ष करिव १.४% ले वृद्धि भई रु. ४४ अर्व ८३ करोड पुगेको छ।

यसैगरी, कुल खर्च गत वर्ष रु २५अर्ब ९८ करोड भएकोमा यस वर्ष करिव ६.२४% ले घट्न गई रु २४ अर्ब ३६ करोड कायम भएको छ। करपछिको खुद मुनाफा गत वर्ष  रु. १३ अर्व २७ करोड भएकोमा यस वर्ष करिव १३.११% ले वृद्धि हुन गई रु १५ अर्व एक करोड पुर्‍याउन सफलता प्राप्त भएको छ। त्यस्तै प्रतिसेयर आम्दानी गत वर्ष  रु. ८८.४७ भएकोमा यस वर्ष रु. १००.११ पुगेको छ।

कार्यक्रमगत उपलब्धिहरु

तारसहित सेवातर्फ

एक्सचेन्जदेखि सेवाग्राहीसम्मको कप्पर नेटवर्कको दूरी कम गरी अप्टिकल फाइबर संजाल एफटीटीएच/एफटीटीबी/एफटीटीसी प्रयोग, मर्मतसम्भारमा सरलीकरण गर्दै संचालनमा रहेका पुरानो प्रविधिका - टीडीएम एक्सचेन्जहरुलाई आधुनिकीकरण गर्दै फ्युचर प्रुफ नयाँ आईपीमा आधारित एनजीएन एसएस/ आईएमएस प्रविधिबाट प्रतिस्थापन गर्ने कार्यक्रम अन्तर्गत टीडीएम माइग्रेसन आयोजना संचालन भएको छ । आयोजनाअन्तर्गत पुराना प्रविधिका एक्सचेन्जहरुलाई एक्सेस गेटवे (एजी) ले प्रतिस्थापन गरि १००% ग्राहकलाई डाटा उपलब्ध गर्ने क्षमतासहित ७१ स्थानका ९७ हजार २ सय २४ लाइन प्रतिस्थापन सम्पन्न भैसकेको छ । चालु आ.ब. मा थप २ लाख 50 हजार लाइन प्रतिस्थापन गर्ने कार्य शुरु भैसकेको छ।

यसैगरी नया १३४ स्थानमा AG संचालन भई करिब ५० हजार लाइन र २६ हजार लाइन ADSL क्षमता बृद्दि भएको छ ।  कूल वितरण भएको ६ लाख ८१ हजार लाइन मध्ये २८% लाइन (करिब १ लाख ९० हजार लाइन)  IP प्रविधि बाट संचालन भई सकेको छ । यसै गरि Fiber to the Home (FTTH) सेवा, Fibre Lease Line सेवा उपलब्धता मा थप बृद्दि गर्न छिट्टै नै Naxal, Chhauni, Sundhara र Patan लगायत का मुलुकका विभिन्न स्थानहरुमा Fibre Fविस्तार गर्न आवश्यक कार्य भई रहेको छ।

साथै तार सहितको सेवा तर्फको Supplementary Services हरुको Activation Charge, Caller ID आदि निशुल्क गरिएको छ ।

ताररहित सेवातर्फ:

नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणबाट 4G सेवा सञ्चालन गर्न प्रविधी तटस्थता अन्तर्गत मिति २०७३।०६।१४ को निर्णय अनुसार 1800 MHz ब्याण्डमा 4G LTE संचालनको अनुमति प्राप्त भए पश्चात मुलुक मै पहिलो पटक मिति २०७३ पौष १७ मा काठमाडौँ उपत्यका र पोखरामा सेवा संचालन गरेको छ । यसबाट काठमाडौँ र पोखरामा 4G network विस्तार बाट डाटा खपतमा बृद्दि देखिएको छ । काठमाडौँ र पोखरामा ५ लाख ग्राहकले हाल संचालनमा रहेको 4G network मा LTE Subscription गरेको  र  LTE संचालन पश्चात डाटा खपतमा करिब ७०%  भन्दा बढी बृद्दि भएको छ । 

मुलुकभर मोबाइल सेवाको VOICE कार्पेट कभरेज बिस्तार तथा शहरी इलाकामा 3G Data सेवा विस्तार का लागि एक करोड लाइन क्षेमताको GSM/UMTS आयोजना संचालनमा ल्याइएकोमा एक बर्षको अवधिमा नयाँ १२७८ BTS संचालन र पुरानो ५८० BTS प्रतिस्थापन गरिएको छ । यसै गरि २०७ WiMAX BS बिस्तार र ८५ IP CDMA BTS बिस्तार भएको छ ।

एक करोड क्षमताको GSM/UMTS आयोजनाको काठमाडौँ उपत्यका र पस्चिमान्चल क्षेत्रको करिब ९९% कार्य सम्पन्न भएको छ । काठमाडौँ उपत्यका बाहेकको मध्यमान्चल क्षेत्र, पुर्वान्चल, मध्य पस्चिमान्चल र सुदुर पस्चिमान्चल क्षेत्रको करिब ७०% कार्य सम्पन्न भएको छ । चालु आ.. मा नयाँ साइट ६७२ BTS र Replacement साइट ४२३ BTS संचालनमा ल्याई आयोजना  १०० %  सम्पन्न गर्ने गरि कार्य अघि बढेको छ ।

मुलुकभर 4G/LTE सेवा विस्तार गरि द्रुतगतिको Data, Voice र Multimedia सेवा विस्तार गर्न 2G, 3G र 4G network लाई Overlay को रुपमा सञ्चालन गरी ग्राहकलाई आ-आफ्नो रूची र आवश्यकता अनुसारका सेवाहरुको छनौट गर्ने अवसर प्राप्त हुने गरि VoLTE (voice over LTE) service, ViLTE (video over LTE) service तथा coverage and capacity का लागि Small Cell with WiFi विस्तार गर्न 4G LTE को बोलपत्र तयार भई आह्वान गर्ने कार्य अन्तिम चरणमा रहेको छ ।

दुर्गम तथा अति विकट क्षेत्रका ग्रामीण तहसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने नेपाल सरकारको नीति अनुसार प्रतिफल कम आउने र तुलनात्मकरुपमा लगानी बढी हुने स्थानहरुमा समेत समान रुपमा दूरसञ्चार सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै डोल्पाको दुनै र हुम्लाको सिमिकोटमा GSM प्रविधिको 3G मोबाइल सेवा सञ्चालन संगै मुलुकको ७५ वटै जिल्लामा 3G सेवा सञ्चालन भएको छ।

यसै गरी यसै वर्ष मुगुको रारा क्षेत्रमा पहिलो पटक 3G सेवा बिस्तार, सिन्धुपाल्चोकको अति दुर्गम स्थान – चेपे डांडा, बाग्लुंगको उत्तर पश्चिम भेगको बिकट तमान खोला गाउँ पालिका, सगरमाथा आरोहीहरुको गाउँ भनेर चिनिने दोलखाको बिकट मानिने गौरीशंकर गाउपालिका, च्छो रोल्पा क्षेत्रको बेदिंग, धादिंगको लापा र तिप्लिंगमा समेत GSM सेवा विस्तार भएको छ ।

मुलुकमा उच्च गतिको इन्टरनेट सेवा विस्तार गर्ने क्रममा हुम्ला जिल्लामा समेत WiMAX सेवा विस्तार गरी ७५ वटै जिल्लामा यो सेवा पुर्‍याउन सफलता मिलेको छ।

वीर अस्पताल, त्रि.वि. शिक्षण अस्पताल मा फ्री WiFi संचालन भएको छ । दुर्गम क्षेत्र लगायत आवश्यकतानुसारका स्थानहरुमा ब्रोडब्याण्ड सेवा, सार्बजनिक स्थानमा WiFi सेवा, सार्बजनिक यातायातका साधनमा इन्टरनेट सेवा उपलब्ध गरिएको छ ।

दूरसञ्चार क्षेत्रको बजारमा इन्टरनेट सेवाको माग बढ्दै गएकाले आगामी दिनमा डाटा सेवाको विस्तारको लागि अझ बढी सुविधा र सहजताका साथ ग्राहक माझ प्रस्तुत गर्न ग्राहकहरुको चाहना अनुरुप नयाँ नयाँ डाटा/ Voice प्याकेजहरू बजारमा ल्याईएको छ । साथै मोबाइल डाटा सेवातर्फ Music Streaming / WOW Time TV Streaming जस्ता Value Added Services शुरु भैसकेको छ । WOW Time TV Streaming को शुरुवातको ३ दिनमा नै करिव ५० हजार भन्दा बढी ग्राहकको Subscription भएको छ । यसले कम्पनीले प्रदान गर्ने सेवाको प्रभावकारितामा नयाँ आयाम थप भएको छ।

मोबाइल वित्तीय सेवा Subsidiary / Joint Venture कम्पनि मार्फत यथाशीघ्र शुरू गर्न तयारी भई रहेको छ ।    

दूरसञ्चार पूर्वाधार निर्माणतर्फ:

ग्रामीण दूरसञ्चार कोष मार्फत मध्य पहाडी अप्टिकल फाइबर आयोजना कार्यान्वयनको क्रममा रहेको छ । मध्य पहाडी लोकमार्गको पुर्वी खण्डमा पर्ने पाँचथरको चियो भञ्ज्यांगबाट पश्चिममा धादिंग-गोरखाको आरुघाट सम्म बृहत साइट सर्भे सम्पन्न भएको छ। तुरुन्तै optical Fiber पुर्याउन सम्भब नभएका ८ जिल्लाहरुमा Microwave Transmission बिस्तारको बोलपत्र २०७३ फाल्गुनमा आह्वान भई मूल्यांकनको क्रममा प्राप्त सम्पूर्ण बोलपत्रहरु सारभूत रुपमा प्रभावग्राही नदेखिएकोले पुन बोलपत्रको आह्वान भएको छ । Optical Fiber Network, DWDM, Router उपकरणको बोलपत्र तयारी भई आह्वानको अन्तिम चरणमा रहेको छ ।

भूकम्प प्रभावित क्षेत्रहरु मध्ये पुनर्निमाण प्राधिकरणबाट तोकिएका चार जिल्लाहरु सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, नुवाकोट र रसुवाका ७४७ Service Point हरुमा Data सेवा उपलब्ध गर्न नेपाल दूर संचार प्राधिकरणसंग मिति २०७४/१/२१ मा सम्झौता भई WiMAX प्रविधि तथा संचालनमा रहेका GSM/CDMA प्रविधिका अलावा ADSL उपलव्ध भएका स्थानहरुमा ADSL बाट समेत Internet/Data सुबिधा पुर्याउने सम्बन्धमा कार्य भईरहेको छ । काभ्रेपलान्चोकको डराउनेपोखरी, कालापानी, कार्तिके देउराली, नुवाकोटको खरानीटार, मदनपुर र सिन्धुपाल्चोकको कर्थलीमा WiMAX प्रविधिबाट सेवा संचालन भैसकेको छ । साथै काभ्रेको कुशादेवी, पस्थली, भिमखोरी र नुवाकोटको बालकुमारीमा WiMAX प्रविधिबाट सेवा संचालन क्रममा रहेको छ । सिन्धुपाल्चोकको १२, नुवाकोटको २१ र रसुवाको ९ गरि ४२ Service Point बाट विभिन्न नगर पालिका, विद्यालय र स्वास्थ्य केन्द्रमा Broadband Internet सेवा सञ्चालनमा ल्याइएको छ।

न्तरराष्ट्रिय इन्टरनेट ब्याण्डविथको लागि चीनसंग सम्झौता गरि अप्टिकल फाईबर मार्फत सेवा संचालन गर्न China Telecom संग सम्झौता सम्पन्न भएको छ । रसुवागढी नाकाबाट सेवा संचालनको तयारी भैरहेको छ । चीनको उच्च पहाडी तिब्बत क्षेत्रमा भारी हिमपात र पहिरोका कारण optical Fibre मा समस्या आएको र Re- Route गर्नु परेको तथा नेपालको रसुवा नाका क्षेत्रमा गरेको पहिरो का कारण सेवा संचालनमा असर परेको छ । हाल अप्तिकल Connection भई Testing कार्य भैरहेको र यसै महिना भित्र सेवा संचालन गर्ने तयारी भैरहेको छ । यस बाट सेवामा थप Active / Redundant Path व्यवस्था हुनेछ ।

साथै थप ब्याण्डविथ खरिदका लागि नयाँ बोलपत्र आह्वानको तयारी अन्तिम चरणमा  रहेको  छ ।

Caller-Ring Back Tone(C-RBT)सेवा २०७३ माघ २२ देखि पुन संचालनमा ल्याइएको छ ।

ADSS optical Fibre आयोजना : मध्यपहाडी लोकमार्ग तथा पहाडी जिल्लाहरु भोजपुर, संखुवासभा, खोटांग, रामेछाप, दोलखा, मुस्तांग, दैलेख, डडेल्धुरा, डोटी, अछाम र बैतडीका ३८ Exchanges / AGs, 34 BTSs र 19 Repeaters मा optical fiber पुर्याई Optical Transmission विस्तार गर्ने कार्यको बृहत सर्भे कार्य सम्पन्न भै जडान कार्य अगाडी बढाईएको छ ।

Air Time Credit Management:  Prepaid सेवाग्राहीहरुलाई कुरा गर्दा गर्दै balance सकिए पनि call निरन्तरता दिन विना ब्याज Loan रकम उपलब्ध गर्ने व्यवस्था गर्न कम्पनीले सेवा संचालनमा ल्याउने तयारी कार्य गरि रहेको छ ।   

ग्राहक सेवातर्फ:

सवै सेवाका ग्राहकहरुको गुनासा, इन्क्वायरी, जानकारीलाई एकीकृत गरी छिटो तथा सरल रुपमा सेवा प्रदान गर्न Customer Contact Center सञ्चालनलाई विस्तारित र प्रभावकारी बनाउन बाह्यश्रोत मार्फत कार्यका लागि सम्झौता सम्पन्न भैसकेको र यसै महिना भित्र सेवा पूर्ण रुपमा संचालनमा आउनेछ ।

एकीकृत बिलिंग आयोजना अन्तर्गत Prepaid GSM, Prepaid/Postpaid CDMA र  WiMAX  सेवा संचालनमा रहेकोमा थप सम्पूर्ण Postpaid GSM र  ADSL को बिलिंग संचालन भएको छ । साथै एकद्वारमुखि ग्राहक सेवा प्रणाली (Customer Relationship Management - CRM) संचालन भएको छ ।  

साथै तार सहितको सेवा (PSTN/NGN/IMS) को सेवा बिलिंग समेत चालु आ.ब. भित्र एकीकृत बिलिंगबाट संचालन गरिने छ र देशभरी दूरसञ्चारको सम्पूर्ण सेवाहरूलाई एकद्वारमुखि ग्राहक सेवा प्रणाली (Customer Relationship Management - CRM) मार्फत् प्रदान गरिनेछ। यसबाट ग्राहकवर्गले छिटो छरितो रूपमा एकै द्वारबाट कम्पनीका सेवा सुविधाहरू प्राप्त गर्न सक्नेछन् ।

सेवाको गुणस्तर सुधार तर्फ:

उपकरणहरूको अवरोध रहित सञ्चालन तथा गुणस्तरीय सेवाको लागि कम्पनीको पुनर्संरचना अनुसार देश भरिका १६ स्थानमा Integrated Maintenance Unit (IMU) गठन भई कार्य प्रारम्भ गरिएको छ । साथै Complaint Audit सिष्टमको थालनी गरिएको र Preventive and Corrective maintenance मा पनि जोड दिई १२/२४ घण्टा सिफ्ट ड्युटि शुरु गरिएको छ ।

Technical AuditProblem Finding Audit

साथै नेपाल दूर संचार प्राधिकरणबाट भएको सर्भे प्रतिबेदनमा समेत कम्पनीको नेटवर्क बिस्तार अब्बल देखिएको छ ।

रणनीतिक साझेदार तर्फ:

कम्पनीमा रणनीतिक साझेदार भित्राउने सम्बन्धमा परामर्शदाता कम्पनी चयन गरी सम्झौता भएको छ । परामर्शदाताको तर्फबाट Due Diligence Audit र Documentation को कार्यमा पनि  राम्रो प्रगति भएको  छ ।

 

कर्मचारी वृत्ति बिकास सम्बन्धमा

विगत आ.व. २०६७/६८ देखि आ.व. २०७२/७३ सम्म माग भएका खुल्ला तथा आन्तरिक प्रतियोगिता र बढुवा पदपूर्तिका बाँकी रहेका तह ४ देखि ११ सम्मका १४५ पदहरुमा रिक्त पदपूर्ति सम्बन्धि बिज्ञापनको नतिजा प्रकाशन गरी १००%  पदस्थापना गरिएको छ।

कर्मचारीको वृत्तिबिकासका लागि कम्पनीको पुनसंरचना, VRS, capping अनुरुप कूल दरबन्दी निर्धारण गरी आ.व.२०७३/७४ मा आन्तरिक मूल्यांकन बढुवा मार्फत तह ३ देखि ११ सम्मका पदहरुमा माग भएका  २१६ पदमा  नतिजा प्रकाशन र १००% पदस्थापन भएको तथा लोकसेवा आयोगबाट लिइने खुल्ला १५५ पद र आन्तरिक प्रतियोगिता ६९ पदको परीक्षाको मिति तोकिसकेको छ ।

चालु आ.. २०७४/७५ मा तह ४ देखि ११ तहसम्म १२९ पदका लागि आजै बिज्ञापन प्रकाशन गरिएको छ। यसका लागि उम्मेदबारहरुले अनलाइन मार्फत फारम भर्ना मिल्ने गरि आवश्यक तयारी भएको छ ।

कर्मचारी विनियमावली २०६१ संसोधनका लागि लोक सेवा आयोगको सामान्य सिद्वान्तले तोके बमोजिम अगाडी बढाउन कार्यदल गठन भएको ।

कम्पनीका सवारी साधनहरुको उपयोग सम्बन्धमा सवारी निर्देशिका तयार भई कार्यान्वयनमा आएको छ । यसबाट सवारी साधनहरुको समुचित प्रयोग भई सेवा विस्तार आयोजना तथा मर्मत सम्भार कार्यमा सहजता थपिएको छ ।

यसै गरी यस वर्ष मुलुक भित्रै १,४५० जना र मुलुक बाहिर २५७ जना कर्मचारीलाई तालिममा सहभागी गराइएको छ ।

UNION CBA निर्वाचनको समेत मिति तोकिसकेको छ । साथै कम्पनीको संचालक समितिमा कर्मचारी प्रतिनिधित्व हुने बारे समेत निर्णय हुने क्रममा रहेको छ ।

कर्मचारी व्यवस्थापन तर्फ

प्रत्येक कर्मचारीले आ-आफ्नो जिम्मेवारी पूरा गरेमा मात्र कम्पनीले आफ्नो लक्ष्य प्राप्त गर्न सक्ने भएकोले सबै तहका कर्मचारीलाई Performance Contract को अवधारणा भित्र ल्याई जिम्मेवारी वोध गराउने तथा सो कै आधारमा मूल्यांकन गर्ने परिपाटि लागु गर्न सूचना तथा सञ्चार मन्त्रालयका सचिवज्यूसंग मैले साथै  म संग मेरा उच्च व्यवस्थापनले सम्झौता गर्ने कार्य सम्पन्न गरिसकेको छु।

यसैगरी, विगत केहि वर्ष देखि वीरगञ्ज, भैरहवा, विराटनगर, धनगढी र नेपालगञ्ज क्षेत्रीय निर्देशनालयहरुको प्रमुख पदमा पद अनुसारका कर्मचारी पठाउन नसकिरहेको अवस्थामा सबै निर्देशनालयहरुको सशक्तिकरण गर्न सकिएमा मात्र द्रुत गतिमा योजना, आयोजनासंग सम्बन्धित कार्यहरु गर्न सकिने तथा सेवाको गुणस्तर अभिवृद्धि गर्न सकिने महसुस गरी पद अनुसारका उच्च व्यवस्थापनका कर्मचारी पदस्थापना गरेको छु।

सामाजिक दायित्व तर्फ:

कम्पनीले सामाजिक दायित्व तर्फ निम्न कार्यहरु गरेको छ ।

नेपाल सरकार मौसम तथा जलबायु बिज्ञान बिभाग तथा कम्पनी बीच बाढी तथा पहिरोको प्रकोपबाट बच्न अग्रीम SMS सूचना सम्बन्धित ठाउका बासिन्दाहरुलाई दिई सम्भाबित जनधनको क्षती हुनबाट जोगाउने तथा अन्य सुरक्षात्मक कार्य गर्ने उद्धेश्य अनुरुप सम्झौता भई हालै विपदको अवधिमा प्रभावित क्षेत्रका बासिन्दालाइ विपद आउनु पूर्व ४ लाख ८६ हजार भन्दा बढी SMS Alert पठाएको छ ।

कम्पनीको बार्षिक उत्सबको अबसरमा बागमती सरसफाई महा-अभियानमा सहभागी एबं सरसफाई सामाग्रीहरु बितरण गरेको । साथै प्रत्येक हप्ता निःशुल्क Bulk SMS प्रबाह गरेको ।

साथै नेपाल प्रहरीको लागि सडक दुर्घटना न्युनिकरण गर्ने कार्यमा सहयोग पुर्याउन, स्थानीय तह निर्वाचन, काठमाडौँ उपत्यकामा Horn निषेधित, महाशिबरात्री, NEA Talk Program, लोक सेवा आयोग बार्षिकोत्सब, गणतन्त्र दिवस, सूचना आयोग सम्बन्धि तथा जल उत्पन्न प्रकोप - बाढी सम्बन्धि विभिन्न समयमा निशुल्क रुपमा रु. १ करोड ६५ लाख ३५ हजार बराबर Bulk SMS प्रबाह गरेको ।

यसै गरि तराई क्षेत्रमा आएको बाढीको समयमा तिन दिन सम्पूर्ण कम्पनीका नेटवर्कमा रु. १ करोड १२ लाख बराबर SMS सेवा निशुल्क उपलब्ध गरेको । यसै सन्दर्भमा नेपाल सरकारको निर्णय अनुसार कम्पनीका सम्पूर्ण कर्मचारीहरुको तर्फबाट रु. ८१ लाख सहयोग गर्ने भएको छ।

सप्तरी तथा महोत्तरी जिल्लाको बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सिबिर तथा निशुल्क SIM वितरण गरेको ।

भूकम्पबाट अति प्रभावित जिल्लाहरुमा ICT Center स्थापना गर्दै जाने योजना अन्तर्गत बिगतमा ५ स्थानमा संचालनमा आई सकेकोमा थप ६ जिल्लाहरु भोजपुर, रामेछाप, ओखलढुंगा, सोलुखुम्बु, काभ्रे र नुवाकोटका १/१ वटा सामुदायिक बिद्यालयहरुमा ICT Center स्थापना भएको ।

बालबालिकाको उद्धार एबं संरक्षण हुने कार्यमा सघाउ पुर्याउने उद्धेश्य अनुरुप बाल हेल्प लाईन (CWIN) लाई १०९८ नं. सेवा नि:शुल्क उपलब्ध गराइएको साथै अन्य बाल संरक्षण संस्थालाई माग अनुसार सो सेवा समेत उपलब्ध गराईरहेको ।

कम्पनीको बार्षिक उत्सबको अबसरमा प्रसुती गृह र पाटन अस्पतालमा नवजात शिशुहरुलाई २५० थान सानो साइजको कम्बल, वीर अस्पताल तथा गंगालाल हृदय केन्द्रमा उपचार गराइरहेका गरिब तथा असहाय बिरामीहरुले अस्पतालमा नै प्रयोग गर्ने गरि २०० थान कम्बल अस्पताल प्रशासनलाई उपलब्ध गराइएको छ। यसैगरी स्पाइनल इन्जरी पुनर्स्थापना केन्द्र बैतडी, भक्तपुर र साँगालाई ३५ थान विशेष सुविधायुक्त ह्विल चेयर वितरण गरिएको छ।

कम्पनीका जीएसएम मोबाइल सेवाबाट आफ्नो website : www.ntc.net.np, recharge.ntc.net.np / meet.ntc.net.np निःशुल्क उपभोग गर्न पाउने गरी उपलब्ध गराएको छ । साथै नेपाल सरकारको नीति बमोजिम सरकारका सूचना सामग्रीहरुमा सर्वसाधारणको पहुँचमा सहजताका लागि २०७४ बैशाख एक गते देखि नेपाल सरकारबाट सञ्चालित '.gov.np' domain का करिब ५५० वटा वेबसाइटहरु समेत यस कम्पनीका जीएसएम मोबाइल सेवाबाट निःशुल्क उपभोग गर्न पाउने गरी उपलब्ध गराएको छ ।

सर्वसाधारण नेपाली नागरिकलाई टेलिफोन सेवा उपलब्ध गराइएको एक सय वर्ष पूरा (२०७४ जेठ १ गते) भएको उपलक्ष्यमा नेपाल टेलिकमले कम्पनीको सेवा, सुविधा सम्बन्धमा आमसञ्चार माध्यममा २०७३ सालमा प्रकाशित र प्रसारित समाचार सामग्री मध्ये उत्कृष्ट दुईवटा सामग्री छनोट गरी दुई जना सञ्चारकर्मीलाई सम्मान गरेको छ ।

२०७२ वैशाख १२ को महाभुकम्प पछि पुनर्निर्माण सम्बन्धमा कम्पनी सञ्चालक समितिको निर्णय अनुसार नै विभिन्न पुरातात्विक सम्पदा, विद्यालय भवन लगायत धरहरा पुनर्निर्माणमा नेपाल सरकारको निर्देशन एवं योजनाको परिधि भित्र रही आगामी तीन वर्ष भित्र रु. १ अर्ब योगदान दिन कम्पनी प्रतिवद्व रहेको छ।

अन्त्यमा,

वि.सं. २०७४ को बिजया दशमी, शुभ दीपावली, छठ पर्व, नेपाल सम्वत ११३८ को पावन अवसरमा उपस्थित सम्पूर्ण महानुभाबहरुको सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य, प्रगति तथा समुन्नतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। साथै आउने बर्षको कार्यकालमा पनि यहाँहरुको सहयोग प्राप्त भई रहने विश्वास लिएको छु।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै