• २०८१ बैशाख ८ शनिबार

चुरे क्षेत्रमा काम गर्न जापान इच्छुक

kharibot

काठमाडौं । नेपालका लागि जापानी राजदूत मसाशी ओगावाले नेपाल सरकारका सिँचाइमन्त्री सञ्जय गौतमसँग भेट गर्दै नेपालको चुरे क्षेत्रमा काम गर्न जापान इच्छुक रहेको बताएका छन् । सिँँचाइ मन्त्रालय, सिंहदरबारमा बुधबार भएको भेटमा जापानी राजदूत ओगावाले मन्त्री गौतमलार्इ यसबारे जानकारी गराएका हुन् ।

सो क्रममा राजदूत ओगावाले महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालेकोमा बधाइ दिएकी थिइन् । सो क्रममा राजदूत ओगावाले जापान सरकारबाट नेपालललाई हुँदै आएको सहयोग वृद्धि हुँदै जाने बताएका थिए । राजदुतले जल उत्पन्न प्रकोप, कृषिसम्बन्धी विविध विषयमा छलफल गरे।

जापान सरकारले विगत लामो समयदेखि जल उत्पन्न प्रकोपको क्षेत्रमा काम गर्दै आइरहेको र आगामी दिनमा पनि थप सहयोग गर्ने राजदूत ओगावाले बताए ।
चुरे क्षेत्रमा बाढी पहिरोका कारण पर्ने क्षतिलाई न्यूनीकरण गर्न र चूरे संरक्षणसँग सम्बिन्धत काम गर्ने बताए । मन्त्री गौतमले काम गर्नका लागि सरकारको तर्फबाट सबै र सधैँ सहयोग रहने बताए ।

सो अवसरमा मन्त्री गौतमले जापान सरकार र जापानी जनताबाट नेपालको हरेक जटिल परिस्थितिमा प्राप्त भएको विशेष सहयोगको उच्च कदर गर्दै एक मुख्य विकास साझेदारको हैसियतले जापानले आगामी दिनहरुमा सिचाइ योजना, जलविद्युत् उत्पादन, कृषि विकास, खानेपानी, प्रविधि र पुनर्निर्माणको कार्यमा काम गर्न र क्षमता विकाससम्वन्धी कार्यक्रम गर्न पनि आग्रह गरे ।

भेटमा मन्त्रालयका सचिव लगायत उच्चपदस्थ पदाधिकारिहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै