• २०८१ बैशाख ८ शनिबार

नारायण मुग्लिन सडकखण्डमा ठुलो पहिरो, बस र जीप बगायो 

kharibot

फाइल तस्विर

चितवन, नारायण मुग्लिन सडक खण्डको ३ किलोमा पहिरोले बस र जिप बगाएको छ । मुग्लिनबाट नारायणगढ तर्फ जादै गरेको ना ६ ख ७१२१ नम्बरको यात्रुबाहक वस र बा १५ च ९३८१ नम्बरको स्कारपियो जिप पहिरोमा परेको प्रत्यक्षदर्शीले बताएका छन् । 

पहिरोले बसलाई त्रिशुली नदीमा पुरयाएको र जिपलाई पहिराले पुरेको तर मानवीय क्षति भए नभएको यकिन नभएको इलाका ट्राफिक प्रहरी कार्यालय मुग्लिनका प्रहरी जवान सुदर्शन श्रेष्ठले जानकारी दिएका छन् ।

आज राति ७ :१५ बजे झरेको पहिरो ठुलो रहेको र रातको समयमा पानी परिरहेकोले पहिरो हटाउन नसकिने हुदा भोली मात्र पहिरो हटाउने प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै