• २०८१ बैशाख १२ बुधबार

टेक्ससका बाढीपीडितलाई नेपाली युवाको सहयोग

kharibot

तस्बिर : खरीबोट

अमेरिका । गत अगष्टमा अमेरिकाको टेक्सस राज्यमा आएको हार्वे आँधीपछिको बाढीले प्रभावित हस्टन र रकपोर्टमा नेपाली युवा पनि मानवीय सहयोग कार्यमा सहभागी भएका छन् । नेपाली स्काउटका सहायक राष्ट्रिय प्रशिक्षक एवं युथ फर ह्युमन राइट्सको नेपालका लागि राष्ट्रिय प्रतिनिधि तथा भोलन्टिअर नेपालका महासचिव गुणराज प्याकुरेलले प्रत्यक्ष सहभागी भई मानवीय सहयोग गरेका हुन् ।

युथ फर ह्युमन राइट्सको १४ औँ सम्मेलनका लागि अमेरिका गएका प्याकुरेलले १४ दिन क्षतिग्रस्त स्थानमा गई सहयोग गरेका हुन् । उक्त स्थानमा प्याकुरेलले लत्ताकपडा र खानाको साथै सरसफाइमा समेत सहयोग गरेका हुन् । सो राहत कार्यमा मेक्सिको टोपोज साइन्टोलजी भोलन्टिअर मिनिष्टरका स्वयंसेवी, कोलम्बियाको सिनेट तथा सयौँ स्वयंसेवीमध्ये प्याकुरेल नेपालका एक्ला प्रतिनिधि रहेका थिए ।

यसअघि उनले भारत, बंगलादेश, फिलिपिन्स लगायतका देशमा समेत पुगेर प्राकृतिक विपत्तिका बेला उनले सहयोग गरिसकेका छन् । यसअघि गत अगष्ट २४ मा प्याकुरेल राष्ट्रसंघस्थित युथ फर ह्युमन राइट्स इन्टरनेशनलको तर्फबाट इन्टरनेशनल ह्युमन राइट्स अवार्डबाट सम्मानित भएका थिए ।

प्याकुरेल रोटरी क्लब अफ राजधानीको सदस्य, कर्ण सकारात्मक कोषको संस्थापक सचिव, शुभारम्भ युवा क्लबको संस्थापक अध्यक्ष र हाल सल्लाहकार समेत हुन् । उनले आगामी अक्टोबर २ मा नेपाल आउने जानकारी दिए ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै