• २०८१ बैशाख ८ शनिबार

सप्तरीको रुपनीमा राजपा नेपाल विजयी

kharibot

राजविराज । सप्तरीमा राष्ट्रिय जनता पार्टीको अर्काे स्थानीय तहमा पनि जित भएको छ । 

जिल्लाको रुपनी गाउँपालिकामा राजपा नेपालका हरेराम यादव चार हजार ६८ मत प्राप्त गरी प्रमुख पदमा विजयी भएका छन्  भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रामनारायण इसर (राजधोव) ले दुई हजार ९७१ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालय, सप्तरीले जनाएको छ । 

यस्तै, उपप्रमुखमा पनि राजपाकै बेचनीदेवी सरदारले तीन हजार ९३६ मत प्राप्त गरी विजयी भएकी छन् भने उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकै भोलेश्वरीदेवी चौधरीले दुई हजार ६९७ मत प्राप्त गरेकी छन् । 

यसअघि, सप्तरीको डाक्नेश्वरी नगरपालिकामा राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल जिल्लामा पहिलोपटक प्रमुख र उपप्रमुख पदमा विजयी भएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै