सप्तरीको रुपनीमा राजपा नेपाल विजयी

खरीबोट
ad

राजविराज । सप्तरीमा राष्ट्रिय जनता पार्टीको अर्काे स्थानीय तहमा पनि जित भएको छ । 

जिल्लाको रुपनी गाउँपालिकामा राजपा नेपालका हरेराम यादव चार हजार ६८ मत प्राप्त गरी प्रमुख पदमा विजयी भएका छन्  भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रामनारायण इसर (राजधोव) ले दुई हजार ९७१ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालय, सप्तरीले जनाएको छ । 

यस्तै, उपप्रमुखमा पनि राजपाकै बेचनीदेवी सरदारले तीन हजार ९३६ मत प्राप्त गरी विजयी भएकी छन् भने उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकै भोलेश्वरीदेवी चौधरीले दुई हजार ६९७ मत प्राप्त गरेकी छन् । 

यसअघि, सप्तरीको डाक्नेश्वरी नगरपालिकामा राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल जिल्लामा पहिलोपटक प्रमुख र उपप्रमुख पदमा विजयी भएको थियो । 

सम्बन्धित समाचार

लागुऔषधसहित सप्तरीबाट दुई पक्राउ

राजविराज । सप्तरीको छुट्टाछुट्टै ठाउँबाट लागुऔषधसहित दुई जनालाई आज पक्राउ गरेको छ ।  कुनौली–राजविराज सडकखण्डबाट जिल्लाको अग्निसाइर कृष्णशवरण गाउँपालिका–२ बस्ने २४ वर्षीय गुलसन चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको

सप्तरीमा विद्युत् चोरी गर्ने दशजना पक्राउ

राजविराज । सप्तरी जिल्लामा व्यापक विद्युत् चोरी भइरहेको भन्दै विद्युत चुहावट नियन्त्रण गर्ने अभियानअन्तर्गत बिहीबार १० जनालाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय र नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रको संयुक्त अनुगमन टोलीले

श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

लहान ।  आफ्नै श्रीमानको कुटाइबाट गएराति सिरहाको गोलबजार नगरपालिकामा एक महिलाको मृत्यु भएको छ ।  गोलबजार नगरपालिका–७ चोहर्वा निवासी ३५ वर्षीय कृष्ण शर्माको कुटाइबाट उहाँकी २३ वर्षीया श्रीमती प्रभादेवी शर्माको मृत्यु भएको माइती पक्षले

सप्तरीमा हात्तीको आक्रमणबाट मृत्यु

राजविराज  ।  सप्तरीको कञ्चनरुप नगरपालिका–११ स्थित ठेलियामा हात्तीको आक्रमणबाट आज बिहान एक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।  कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केको जंगली हात्तीको आक्रमणबाट स्थानीयवासी ४५ वर्षीया दुर्गीदेवी यादवको