• २०८१ बैशाख ६ बिहीबार

बाराको आदर्शकोतवालको मत गणना अन्योल

kharibot

बारा । बुधबार बेलुकी ५ बजे देखी स्थगित गरिएको बाराको आदर्शकोतवाल गाउँपालीकाको पनि मतगणना सुचारु गर्नका लागी बसेको सर्वदलिय बैठक बिना निष्कर्ष टुँङ्गिएको छ । 

जिल्लाका प्रमुख जिल्ला अधिकारी बिजय नारायण मानन्धरले विहिवार दलहरुलाई मिलाएर पुन : गणना सुचारु गराउँन खोजेपनि दलहरुको द्धन्दले समस्या नसुल्झिएको हो । 

आदर्शकोतवालमा मतगणनामा बसेका निर्वाचन आयोगका कर्मचारीले गरेको गणना र दलका प्रतिनिधिको गणना नमिले पछि बिवाद उत्पन्न भएको थियो । नेपाली काँग्रेले पुन सुरु देखी नैं मत गणना गर्नु पर्ने माग गरिरहको छ, भने अन्य दलहरुले सोही बाँकी वडाहरुबाट सुचारु गर्नू पर्ने आवाज उठाईरहेको छ । दलहरु बिच कुरा नमिले पछि बैठक निष्कर्ष बिहिन बनेको हो ।

जिल्लाबाट समस्या समाधार हुन नसकेपछि निर्वाचन अधिकृत मोहन सुबेदीले निर्वाचन आयोगमा समस्या बारे जानकारी गराउने र आयोगकै निर्देशन अनुसार पुन: गणना हुने वा सुचारु हुने भन्न सकिने बताए ।

८ वटा वडा मध्ये ४ वडाको टुँगोलागेपछि स्थगित भएको गणना बाँकी हुँदा गणना रोकिएको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै